Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताएको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि मङ्गलबार वासिङ्टनमा भएको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशङ्करले यस्तो टिप्पणी गरेको हो ।

ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौं आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन गरेको छ ।

जयशङ्करले नयाँदिल्ली कागजातविहीन भारतीयहरूलाई फिर्ता लिन तयार रहेको र संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारतमा निर्वासित गर्न सकिनेहरूको प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको बताए।

जयशंकरले बुधबार वासिङ्टनमा भारतीय पत्रकारहरूको एक समूहसँग भने, “भारतीय प्रतिभा र कौशलले विश्वव्यापी स्तरमा अधिकतम अवसर पाऊन् भन्ने हामी चाहन्छौँ । हामी अवैध आवागमन र अवैध आप्रवासनको पनि कडा विरोध गर्दछौं ।”

उनले भने, “हामीले जहिले पनि यो दृष्टिकोण लिएका छौँ कि अमेरिसहित विश्वका हरेक देशमा हाम्रा कोही पनि नागरिक अवैध रूपमा छन् हाम्रा नागरिक हुन् भने, हामी सधैं उनीहरूको वैध भारत फिर्तीको लागि खुला छौँ ।”

जयशङ्करले ट्रम्प प्रशासनसँग मिलेर १८ हजार भारतीयलाई देश निकाला गर्न भारतले काम गरिरहेको भन्ने समाचारको जवाफमा यस्तो बताएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टामी ब्रुसले मङ्गलबारको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विदेशमन्त्री रुबियोले भारतसँग मिलेर आर्थिक सम्बन्ध अघि बढाउन र अनियमित आप्रवासनसँग सम्बन्धित चिन्तालाई सम्बोधन गर्न ट्रम्प प्रशासनको इच्छामा जोड दिएको छन ।”

भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो र यसले विश्वको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० वृद्धिको आनन्द उठाइरहेको छ, तर लाखौं भारतीयहरू अझै पनि राम्रो अवसरको खोजीमा हरेक वर्ष विदेशमा विदेशिने गरेका छन् । यसको डायस्पोरा विश्वभरि फैलिएको छ भने संयुक्त राज्य अमेरिका छनौटको प्रमुख गन्तव्य हो ।

पछिल्लो अमेरिकी जनगणनाअनुसार सन् २०२० को दशकमा भारतीय मूलका अमेरिकीको जनसङ्ख्या ५० प्रतिशतले बढेर ४८ लाख पुगेको छ भने सन् २०२२ मा विदेशमा अध्ययनरत करिब १३ लाख भारतीय विद्यार्थीमध्ये एक तिहाइभन्दा बढी संयुक्त राज्य अमेरिकामा थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending