Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन

खबरडबली संवाददाता

लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो (लगुना डढेलो) को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।

भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयअनुसार बिहान ८ः३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको थियो ।

भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार घटनास्थलमा पुगेका चालक दलका सदस्यले स्थानीय समयअनुसार बिहान १०ः३० बजेभन्दा केही समयअघि आगोको आकार बढेर ५० एकड पुगेको बताएका छन् । हेलिकोप्टरहरू पानीसहित आगो निभाउन लागि रहेका छन् ।

भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, “अग्निनियन्त्रकहरूले आक्रामक रूपमा आकाश र जमीनबाट आगो निभाउन सङ्घर्ष गरिरहेका छन् ।”

उनीहरूले नजिकको क्षेत्रमा कुनै पनि सम्भावित संरचना खतराको आँकलन गर्दै क्षति न्यूनीकरणको प्रयास गरिरहेका छन् । अधिकारीहरूले क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई पनि खाली गर्न आदेश जारी गरेका छन् । 

विश्वविद्यालयको परिसरको छेउमा अवस्थित एक आवासीय समुदाय र ‘राउन्ड माउन्टेन÷सतविवामा आगलागी भएको खबर आएको छ र क्याम्पस र वस्तीलाई खाली गर्न आदेश दिइएको छ ।

अधिकारीहरूले आपतकालीन चेतावनी खिँदै भनेका छन्, “कृपया क्याम्पस परिसर र युनिभर्सिटी ग्लेन÷एन्कापा क्यान्यन तुरुन्तै खाली गर्न सुरू गर्नुहोस् ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई  हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार राजस्व दाखिला भएको ...

कपिलवस्तुमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

कपिलवस्तु। जिल्लाको महाराजगंज नगरपालिका १ बगाहिया नाजिक खरेन्द्रपुर सडकअन्तर्गत ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्य...

वडा कार्यालयमा पुग्नुपर्ने योजनाको चिठ्ठी बिचौलियाको हातमा

सर्लाही । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुक...

हल्लाको पछि नलाग्न उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि धरपकड गरिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । शुक्रबार साँझ...

नयाँ पुस्ताले ज्येष्ठ नागरिकको अनुभवबाट सिक्नुपर्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिएको छन् । मनमोहन स्मृति प्रतिष्ठ...

अटिजम र सिकाइ कठिनाइ भएकाका लागि ‘वेदा एकेडेमी’

इटहरी। वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको ...

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending