काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बनाउने प्रतिवद्धता जनाएको छन ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले यस्तो प्रतिबद्धता जनाएको हो । उनले मन्त्रालयले मुलुकभरका आम नागरिक पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेट व्यवस्थापन गरिने बताए। उनले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खानेपानी नपुगेका उपभोक्तालाई समेत खानेपानी पुर्याउने गरी बजेट ल्याउने जानकारी दिए।
मन्त्री यादवले खानेपानीका लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पुर्याउन समस्या भएको बताए। उनले वर्तनमा सरकार आगामी बजेटमा हिमाली, पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताए । उनले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको जानकारी दिए । उनले अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बनाएर कार्यान्वयन गर्ने बताए । कसैको प्रभावमा खानेपानी मन्त्रालय नपर्ने पनि उनको भनाइ छ ।
‘‘विगतका मन्त्रीले कुन खालको बजेट बनाउनुभयो थाहा भएन । अबको बजेट हिमाली, पहाडी वा तराईका जनताको हकमा बन्छ । खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएका छौं । अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बन्छ ।,’’ मन्त्री यादवले भन्नुभयो, ‘‘यो कार्यान्वयन हुन्छ । कसैको प्रभावमा खानेपानी मन्त्रालय पर्दैन । १०० प्रतिशत नागरिकको घरमा पानी जाने गरी योजना बनाएका छौं ।’’
उनले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको दाबी गरे। उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याइने सरकारको योजना रहेको बताए ।
‘‘मेलम्चीमा भएको भ्रष्टाचारको विषयमा अदालतले निर्णय गरिसकेको छ । मेरो कार्यकालमा भ्रष्टाचार हुँदैन त्यसको ग्यारेन्टी लिन्छु । मेलम्चीको नयाँ पाइपलाइनहरु धेरै विस्तार भएको छ ।,’’ मन्त्री यादवले भने, ‘‘पाइपमा चुहावट देखिएको छ । नयाँ बनाउँदा समस्या आउने भइरहेको छ । प्राविधिकहरु फिल्डमा नै काम गरिरहेका छौं । समस्या भएको ठाउँमा समाधान गरेर सरकार अघि बढ्छ । मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...
बैशाख ३१ गते, २०८३ - १७:१२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...
बैशाख ३१ गते, २०८३ - १७:०४
नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...
बैशाख ३१ गते, २०८३ - १६:५१
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...
बैशाख ३१ गते, २०८३ - १६:३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...



प्रतिकृया लेख्नुहोस्: