काठमाडौं । झापाका राजन सुवेदी र बाँकेकी ईशा गिरीले २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हेटौँडामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ राजनले पहिलो चरणको खेलमा ललितपुरका सरोज महर्जनलाई हराए ।
महासङ्घले केही वर्षदेखि राष्ट्रिय च्याम्पियनसिपको फरम्याटमा नेशनल सिनियर च्याम्पियनका शीर्ष तीन जना र नेशनल ‘बी’ बाट आएका शीर्ष नौ जनाबिच राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । जसअनुसार महिला र पुरुष विधामा समान १२ जना खेलाडीबिच एक अर्कासँग ११ चरणसम्म प्रतिस्पर्धा हुनेछ ।
सोमबार सिएम शुश्रुत दाहाल पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग पराजित भए । एफएम क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई स्तब्ध बनाए । अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईमाथि कठिन जित निकाले ।
यस्तै पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई र दोलखाका युवा खेलाडी आशिष फुँयालले एफएम रिजेन्द्र राजभण्डारीलाई पछि पारे । पहिलो चरणमा जित निकाल्ने खेलाडीले एक अङ्क जोड्न सफल भए ।
यसैगरी महिलातर्फ उदीयमान खेलाडी ईशाले पुनम प्रसाईं र एञ्जल महर्जनले ओलम्पियाड खेलाडी शान्ति धिमाललाई हराउँदै अप्रत्याशित नतिजा निकाले । वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि सहज जित निकाले । अन्य खेलमा झापाकी कृतिसारा अधिकारीले नयुमा मगरलाई, ताप्लेजुङकी शुशिला गुरुङले चितवनकी लक्ष्मी कँडेललाई र काठमाडौँकी बिनिता कपालीले दानिशा पुरीलाई हराउँदै एक अङ्क जोडिन ।
प्रतियोगितामा मङ्गलबार थप दुई चरणको खेल हुने संयोजक एवं महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी दिए । २५ लाख रुपियाँ लगानीमा सञ्चालित प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद्, हेटौँडा उपनगरपालिकालगायत संस्थाले सहयोग गरेको पनि लामाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: