काठमाडौं । झापाका राजन सुवेदी र बाँकेकी ईशा गिरीले २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हेटौँडामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ राजनले पहिलो चरणको खेलमा ललितपुरका सरोज महर्जनलाई हराए ।
महासङ्घले केही वर्षदेखि राष्ट्रिय च्याम्पियनसिपको फरम्याटमा नेशनल सिनियर च्याम्पियनका शीर्ष तीन जना र नेशनल ‘बी’ बाट आएका शीर्ष नौ जनाबिच राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । जसअनुसार महिला र पुरुष विधामा समान १२ जना खेलाडीबिच एक अर्कासँग ११ चरणसम्म प्रतिस्पर्धा हुनेछ ।
सोमबार सिएम शुश्रुत दाहाल पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग पराजित भए । एफएम क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई स्तब्ध बनाए । अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईमाथि कठिन जित निकाले ।
यस्तै पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई र दोलखाका युवा खेलाडी आशिष फुँयालले एफएम रिजेन्द्र राजभण्डारीलाई पछि पारे । पहिलो चरणमा जित निकाल्ने खेलाडीले एक अङ्क जोड्न सफल भए ।
यसैगरी महिलातर्फ उदीयमान खेलाडी ईशाले पुनम प्रसाईं र एञ्जल महर्जनले ओलम्पियाड खेलाडी शान्ति धिमाललाई हराउँदै अप्रत्याशित नतिजा निकाले । वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठमाथि सहज जित निकाले । अन्य खेलमा झापाकी कृतिसारा अधिकारीले नयुमा मगरलाई, ताप्लेजुङकी शुशिला गुरुङले चितवनकी लक्ष्मी कँडेललाई र काठमाडौँकी बिनिता कपालीले दानिशा पुरीलाई हराउँदै एक अङ्क जोडिन ।
प्रतियोगितामा मङ्गलबार थप दुई चरणको खेल हुने संयोजक एवं महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी दिए । २५ लाख रुपियाँ लगानीमा सञ्चालित प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद्, हेटौँडा उपनगरपालिकालगायत संस्थाले सहयोग गरेको पनि लामाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: