काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको २३ दिन बितिसक्दा समेत निर्णयहरू कार्यान्वयनमा आएको छैन । पुस २३ गते काठमाडौँमा सम्पन्न भएको बैठकले माघ १ गतेभित्र सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।
यसैगरी ६ महिनाभित्र जबस र मोर्चाको अधिवेशन गर्ने, पूर्व–पश्चिम हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान चलाउने, एक वर्षमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यस्तै क्रान्तिकारी वामपन्थी शक्तिहरूसँग एकताका लागि वार्ता समिति गठन गर्ने, अवकाशप्राप्त विद्यार्थी नेताहरूलाई विभिन्न समितिहरूमा व्यवस्थापन गर्ने, नेताहरूको सम्पत्ति विवरण पार्टीमा बुझाउने र त्यसको अनुगमन गर्ने जिम्मा लेखा आयोगलाई दिने निर्णय गरेको थियो ।
यो बिचमा माघ २ गते अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा जिम्मेवारी हेरफेर गर्न बनेको कार्यदलले पेस गरेको प्रस्तावमाथि छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भएको छैन ।
त्यस्तै अवकाशप्राप्त विद्यार्थीलाई व्यवस्थापन कार्यदलले प्रतिवेदन बुझाएको प्रस्ताव सम्बन्धमा पनि निर्णय भएको छैन । फागुनबाट हुने भनिएको अभियानको खाका समेत बनेको छैन । पार्टीको भावी नीति, कार्यक्रम र योजनाबारे पनि स्पष्ट खाका नआएको नेताहरूले बताएका छन् । पदाधिकारीसहित सबै केन्द्रीय नेताहरूलाई पालिका केन्द्रित योजना ल्याउने तयारी नेताहरूले जिकिर गरेका छन् ।
नेताहरूको जिम्मेवारी हेरफेर गर्न माघ ८ गते बसेको पदाधिकारी बैठकमा कार्यविभाजन र जिम्मेवारी हेरफेर विषयमा छलफल भएपनि निर्णय नभएको उपमहासचिव हरिबोल गजुरेलले बताए । अध्यक्ष प्रचण्ड खबरदारी सभा तथा स्थानीय कार्यक्रममा जिल्ला दौडाहामा व्यस्त भएको र विद्यार्थीको निर्वाचन पनि भएकाले निर्णय नभएको गजुरेलले जानकारी दिए । ‘अध्यक्ष जिल्लाको काममा व्यस्त हुनुहुन्छ । यही बिचमा विद्यार्थीको निर्वाचन पनि भयो । त्यसैले ढिलाइ भएको हो । प्रचण्ड फर्किएर आएपछि निर्णय होला’, रातोपाटीसँग उनले भने ।
पदाधिकारी बैठकमा सबै प्रदेशको इन्चार्ज फेरेर स्थायी समिति सदस्यलाई पठाउने कि केही प्रदेशको इन्चार्ज मात्र फेर्ने विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले सुदूरपश्चिमको इन्चार्ज गिरिराजमणि पोखरेल, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा र मधेसको इन्चार्ज लीलामणि पोखरेलको जिम्मेवारी हेरफेर हुन सक्ने बैठकमा बताएका थिए । यस्तै पार्टी प्रवक्ता समेत रहेका बागमती प्रदेशका इन्चार्ज अग्नि सापकोटाको पनि जिम्मेवारी हेरफेर गर्नुपर्नेमा मत आएको नेताहरूले बताएका थिए ।
यता पार्टीको आन्तरिक बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुँदै आएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने योजना तत्कालका लागि स्थगित भएको थियो । राज्यको सम्मानित पदमा पुगेको व्यक्तिलाई फेरी पार्टीको सक्रिय राजनीतिमा ल्याउँदा राम्रो सन्देश नजाने नेताहरूले सुझाव दिएका थिए ।
नेताहरूको कार्यविभाजनका कारण केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयनमा समस्या आएको हो भन्ने प्रश्नमा उपमहासचिव गजुरेलले भने,‘पार्टीभित्र छलफल र बहस त हुन्छ नै । आन्तरिक विवादका कारण निर्णय प्रक्रियामा ढिलाइ भएको होइन । मुख्य कुरा अध्यक्ष जिल्ला दौडाहामा रहेकाले ढिलाइ भएको हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: