काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्ने गरी अभिव्यक्ति दिएको भन्दै दुःख व्यक्त गरेका छन्। सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रचण्ड मुलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहना गर्ने व्यक्तिभित्र पनि पर्दैनन् कि भन्ने आशंका पैदा भएको समेत बताए। उनले भने, ‘उहाँ आफैंमा पनि मुलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ। विगतमा उहाँको व्यवहारले त देखाएको थियो। राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्ने गरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरू दिइरहनु भएको छ। एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन।’
त्यस्तै, उनले अध्यक्ष प्रचण्डले तेस्रो दलको रुपमा रहँदा पनि कहिले एमालेको र कहिले कांग्रेसको काँध चढेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग बिर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए।
उनले भने, ‘उहाँले बुझ्न पर्ने कुरा के हो भने, उहाँ तेस्रो दलको रुपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चढेर कहिले कांग्रेसको काँध चढेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा कांग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी बिर्सेर एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिनदेखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ। यसको औषधि छैन।’
उनले सरकार ढले पनि एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे। उनले भने, ‘कल्पनामा यो सरकार ढले पनि उहाँले कुन सरकार बनाउनु हुन्छ ? एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन। उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कमजोर धरातलमा पुगेको सरकार होइन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - ०९:४०
आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...
बैशाख ५ गते, २०८३ - ०९:३३
हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...
बैशाख ५ गते, २०८३ - ०९:१५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख ५ गते, २०८३ - ०९:१३
काठमाडौँ । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् । उनले च...
बैशाख ५ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ...
बैशाख ५ गते, २०८३ - ०९:०५
आधा सिलिन्डर नीति र बिजुलीमा बढ्दो निर्भरता बीच उद्योगीको चिन्ता
बैशाख ५ गते, २०८३ - ०९:००
गाेरखा । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता ...
बैशाख ५ गते, २०८३ - ०८:५६
काठमाडौं । काठमाडाैं महानगरपालिकाले प्राचीन सहरी बस्ती Asan को मौलिकता जोगाउने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अब हरेक श...


प्रतिकृया लेख्नुहोस्: