गाेरखा । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता हुने क्रमभन्दा पहिले दर्ता भइसकेका फर्महरू खारेज गर्ने प्रवृत्ति बढी देखिन थालेको छ।
एकीकृत सेवा कार्यालय गोरखाका कार्यालय प्रमुख दशरथ शर्माका अनुसार पछिल्ला तीन वर्षका तथ्याङ्कले यही अवस्था पुष्टि गरेका छन्।
जिल्लामा युवाहरूको विदेश पलायन र दक्ष जनशक्तिको अभाव मुख्य कारणका रूपमा देखिएको छ। अहिले धेरै व्यवसायीले आफ्नो उद्योग वा व्यापार सञ्चालन गर्न आवश्यक जनशक्ति नभएको भन्दै फर्म खारेज गर्न आउने गरेका छन्। “युवाहरू विदेश गएका छन्, व्यवसाय सम्हाल्ने मान्छे छैन,” भन्ने गुनासो धेरै सुनिने गरेको उनले बताए।
हाल गोरखामा विदेशबाट आउने रेमिट्यान्समा निर्भर हुने प्रवृत्ति बढ्दै जाँदा स्थानीय स्तरमा स्वरोजगार तथा उद्यमशीलता प्रति चासो घट्दै गएको देखिएको छ। यसले नयाँ व्यवसाय खोल्नेभन्दा पुराना व्यवसाय बन्द गर्ने क्रम बढाएको छ।
एकीकृत सेवा कार्यालय गोरखाका अनुसार दुई वर्षअघि १९८ वटा औद्योगिक फर्म र २०७ वटा व्यापारिक फर्म खारेज भएका थिए। गत आर्थिक वर्षमा १९० औद्योगिक र १३३ व्यापारिक फर्म खारेज भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९० औद्योगिक र ८१ व्यापारिक फर्म खारेज भइसकेका छन्।
यसका साथै कृषि तथा पशुसेवा क्षेत्रका अनुदान कार्यक्रमको प्रभाव पनि देखिएको छ। केहीले अनुदान लिनका लागि मात्र उद्योग दर्ता गर्ने र उद्देश्य पूरा भएपछि खारेज गर्ने प्रवृत्तिले पनि खारेजीको संख्या बढाएको कार्यालयले जनाएको छ। समग्रमा गोरखामा व्यवसायिक गतिविधि घट्दै गएको संकेत यी तथ्याङ्कले स्पष्ट पारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: