Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

आठौँ चेम्बर एक्स्पो माघ १७ गतेदेखि हुने

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको “चेम्बर एक्स्पो २०२५” काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एआई प्रोजेक्टसहित आठौँ  नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया,  मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउनेछन् ।

स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिने छन् । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वल्र्ड लिङक, तथा एजुकेशन पार्टनरका रूपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन् ।

अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक तर्फ साढे ३ लाख मतगणना, कुन दलको अवस्था कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोग...

राप्रपाले खोल्यो खाता, जुम्लामा विनीता कठायतको जमानत जफत

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...

इलामका दुवै क्षेत्रमा एमालेको अग्रता

इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...

अछाममा भीम रावल पराजित, कांग्रेसका स्वार विजयी

काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् ।  उक्त क्षेत्रमा ...

रामेछापमा नेकपा र कांग्रेसबीच कडा टक्कर, २९ मतलले श्रेष्ठ अगाडी

रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र  कांग्रेसबीच कडा टक्कर  भएकाे छ  । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...

१२ वर्षपछि खाोला फर्कन्छ भने झैं फर्कियो दैलेख १ मा कांग्रेस

दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...

रुबिना आचार्य जसले डा. शेखरलाई भारी मतान्तरले हराउन सफल भइन्

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...

भक्तपुर–१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, प्रेम सुवाल पराजित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

२०६४ को माओवादी लहर र २०८२ को रास्वपा उभारको तुलना

परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE