Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

मैले पशुपतिको सुन खाएँ भनियो, तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन: ओली

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन ।

नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउँदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको समेत ओलीले बताए । त्यसैका लागि एमाले र कांग्रेसको सरकार बनेको उनको दावी छ ।

सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसदमा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारेका छन ।  राष्ट्रिय हित, गौरव, सुशासनको पक्षमा संसदमा एमालेको भूमिका हुने उनले जनाए । 

कमी कमजोरी रहेका कुरालाई सच्याउँदै सुशासनलाई सुदृढ बनाएर अघि बढ्नु पर्नेमा ओलीले जोड दिदै भने,  ‘हाम्रो अत्यन्त सक्रिय र बहुआयामीक दृष्टिकोण रहने छ ।’

सरकारले छिमेक सम्बन्धलाई विशेष रूपमा अघि बढाउने बताउँदै उनले अन्तराष्ट्रिय समुदायमा पनि विश्वशान्ति, निःशस्त्रीकरण र अन्तराष्ट्रिय न्यायको पक्षमा सरकारको स्पष्ट दृष्टिकोण रहेको ओलीले स्पष्ट पारेका छन ।  ‘हाम्रो सम्बन्ध कोही पनि शत्रु छैन हाम्रो, सबै हाम्रा मित्र हुन् भन्ने आधारमा हुने छ’, ओलीले बैठकमा भने । 

नेपाल मानवता र शान्तिको पक्षमा रहेको बताउँदै नेपालमा २० प्रतिशतको दरमा रहेको गरिबीलाई शून्यमा झार्ने योजनाका साथ सरका अघि बढिरहेको ओलीले स्पष्ट पारेका छन ।

वातावरण परिवर्तनमा परेको प्रभावलाई रोक्नको लागि नेपाल प्रतिबद्ध रहेको र त्यसमा विश्व समुदायको ध्यानाकर्षण गराउने ओलीले स्पष्ट पारेका छन ।  माघ महिनामा समेत हिमालमा हिउँ नदेखिनु निक्कै चुनौतीपूर्ण स्थिति रहेको बताउँदै ओलीले हिन्दकुश पर्वतमालाको सबैभन्दा ठुलो भाग नेपालमा रहेको बताउँदै ओलीले विश्वको वातावरण संरक्षण गर्ने कुरामा यसको महत्त्व रहेकोले त्यसको संरक्षण गर्दै नेपाल अघि बढ्ने उनले जनाए । 

‘विश्व शान्ति र विश्व वातावरणीय सुरक्षामा हामीले बढी ध्यान दिने छौँ’, उनले भने ।

व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने गलत प्रचार गरिएको भन्दै ओलीले त्यसमा एमालेका सांसदहरू सचेत हुनुपर्ने जनाउँदै ओलीले आफ्नो पालामा देशमा असाधारण काम भएको दाबी गरेका छन ।

संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै ओलीले अहिलेको संविधान दुई पटक संशोधन भइसकेको बताए । संविधान संशोधन गरेर लोकतन्त्रलाई थप बलियो बनाउने काम गरिएको ओलीले स्पष्ट पारेका छन ।  ‘नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ, स्वागतयोग्य छ, लोकतन्त्रमा लोकतान्त्रिक प्रक्रिया बाहेक अन्य कुनै पनि अराजक बाटोबाट परिवर्तन सम्भव छैन’, ओलीले भने ।

अहिले दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै ओलीले त्यसको पछि नलाग्न पनि आग्रह गरेका छन । सरकार ढल्ने म्याद सार्दै आएकालाई ओली भने,  ‘२०८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ, निर्वाचन पछि के परिणाम आउँछ, त्यही अनुसारको सरकार बन्छ, मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन्, २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’  

प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्विस बैङ्कमा पैसा राखेको छ भनेर प्रचार गरेको भन्दै भ्रामक प्रचार गरिएकोसमेत बताउँदै यस्ता प्रचार गर्नेको कुनै खण्डन गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन ।

आफूलाई पशुपतिमा पित्तल चढायो, छानबिन गरी पाउँ भन्नेसम्मका आरोप लगाइ छानबिनसम्म गरिएको ओलीले स्मरण गराउँदै पशुपतिनाथमा चढाइएको सुन उक्काएर जोख्दा कुनै कैफियत फेला नपारेपछि उनीहरू चुप लागेका ओलीले बताए ।  कमजोरहरूको झुट बोल्ने, बेइमानी गर्ने चरित्र हुने ओलीको भनाइ छ । 

ओलीले सांसदहरूलाई अत्यन्तै संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन । तथ्यमा आधारित बहस गर्न निर्देशन दिदैँ ओलीले तथ्य र सत्यको आधारमा बोल्ने कुरामा हिचकिचाउन नहुने जनाए ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा आत्मघाती आक्रमण: नौजनाको मृत्यु २१ घाइते

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार  र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । ...

गुप्तचर विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहतनै ल्याइने

काठमाडौं । देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । बुधबार सरकारले...

संविधान संशोधन छलफल बहिष्कार गर्दै जेनजी आन्दोलनका अगुवाले राखे ६ बुँदे माग

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभ...

कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घ...

एसइई नतिजाप्रति असन्तुष्टि: गोरखाका ६ विद्यालयद्वारा पुन: परीक्षणको माग

सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन...

उद्योग वाणिज्य संघ दोलखामा थापा प्यानलको पूर्ण विजय

दोलखा। उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दि...

मुसिकोटको झेदी क्षेत्रको सडकखण्ड नौ दिन बन्द

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर– ७, झेदी क्षेत्रको सडक खण्ड नौ दिन बन्द हुने भएको छ । शुक्रबारदेखि जेठ ९ गतेसम्म यस सडक खण्ड सडक बन्द हुन...

पुतलीबजार–३ का वडा अध्यक्ष श्रेष्ठ तीन दिनदेखि बेपत्ता

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending