Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अबकाे एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति: प्रचण्ड

खबरडबली संवाददाता

तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले अबका दिनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर अघि बढ्ने बताएका छन् । 

प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताउँदै तेह्रथुमको चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी अबका दिनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डामा अडिग हुने उद्घाेष गरेका छन् । 

उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको पनि बताए । उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने राजनीतिक एजेन्डा फेरि अघि सारिने दाबी गरेका छन् । 

जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरूसँगको उठबस बाक्लो भएको स्वीकारोक्ति उनको थियो । हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएको र त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए । 

‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो ।  हामीले महान् सहिदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगहरूलाई निरन्तर भेटघाट गरेर सुखदुःख बुझ्नुपर्ने थियो । उनीहरूलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएकोजस्तो, बेवास्ता गरेकोजस्तो भयो,’ प्रचण्डले भने, ‘मजदुर, किसान, उत्पीडित,  समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थाररूका मुद्दा उठायौँ र जसरी स्थापित गर्‍याैँ । अहिले आएर ती समुदाय र वर्गले माओवादीले हाम्रो मुद्दा त उठायो, तर बिचैमा छाडिदियो भन्ने पर्न गयो । हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्दा अलिकति ‘लुज’ भयो । वर्गबैरीहरूसँग बढी सहकार्य गरेकोजस्तो देखियो । अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ ।’ 

यस्तै, उनले एकपछि अर्को गरी पार्टी विभाजनको शृंखला रोक्न नसकिएको स्वीकार गरे । अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको बताए । ‘अब हमी हाम्रो वर्गसँगकोे सम्बन्धलाई मजबुत बनाउने  र बलिदानका साथ स्थापित गरिएका त्यो वर्गका मुद्दाहरूलाई फेरि उजागर गर्ने, स्थापित गर्ने र अगाडि ल्याउने काममा लागेका छौँ ।’ उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending