Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल अन्त्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा आयोजित ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा सहभागीले युवालाई स्वदेशमै भविष्य देख्ने वातावरण बनाउन सरकार, शैक्षिक क्षेत्र र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट युवाहरू विदेशिनु बाध्यता नभई रोजाइ बन्नुपर्ने बताइन्। नेपालमै उद्योग, सूचना प्रविधि, होटल, अटोमोबाइललगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता, लगानीको असुरक्षा र अवसरको कमीका कारण युवाहरू विदेशिन बाध्य भइरहेको उनको भनाइ छ।

उनले युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले रोजगारी तथा उद्यमशीलतामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्। व्यवसाय सुरु गर्न दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै एकद्वार प्रणाली लागू गर्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार युवामा क्षमता र नयाँ सोच भए पनि त्यसलाई व्यवसायमा रूपान्तरण गर्ने वातावरण अझै सहज छैन। राज्यले उद्यम गर्न चाहने युवालाई प्रोत्साहन, सहुलियतपूर्ण वित्तीय पहुँच र आवश्यक कानुनी सहजीकरण उपलब्ध गराउन सके स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बन्न सक्छ।

नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी पाँचदेखि १० वर्षभित्र नेपालको अटोमोबाइल क्षेत्रलाई ‘नेपालमा जोड्ने’ अवस्थाबाट ‘नेपालमै उत्पादन गर्ने’ दिशातर्फ लैजान सकिने बताए। त्यसका लागि सवारीसाधनको जडान उद्योगसँगै पार्टपुर्जा तथा विभिन्न सामग्रीको स्थानीय उत्पादन र आपूर्ति शृंखला विकास गर्नुपर्ने उनको भनाइ छ।

उनले नेपालको शिक्षा प्रणाली र निजी क्षेत्रको आवश्यकताबीच ठूलो खाडल रहेको बताए। उद्योगले खोजेको जनशक्ति र शैक्षिक संस्थाले उत्पादन गर्ने जनशक्तिबीच तालमेल नहुँदा एकातिर दक्ष कामदारको अभाव र अर्कोतिर शिक्षित युवामा बेरोजगारीको समस्या देखिएको उनको भनाइ छ।

उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिँदै ज्योतीले विद्यार्थीलाई केवल प्रमाणपत्रमुखी शिक्षाभन्दा सीप, प्रयोगात्मक ज्ञान र उद्यमशीलतासँग जोड्नुपर्ने बताए। शिक्षण संस्थाले उद्योगसँग सहकार्य गरेर विद्यार्थीलाई अध्ययनकै क्रममा व्यावहारिक अनुभव दिने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

नेपालमा रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले उद्यमी र लगानीप्रतिको विश्वास बढाउने तथा लगानीको सुरक्षा सुनिश्चित गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

सरोकारवालाका अनुसार नेपालमा हरेक वर्ष ठूलो सङ्ख्यामा युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन्। उनीहरूलाई स्वदेशमै रोक्न केवल रोजगारी सिर्जना गरेर मात्र पर्याप्त हुँदैन। गुणस्तरीय शिक्षा, बजारको मागअनुसारको सीप, लगानीको अवसर र व्यवसाय सञ्चालनका लागि सहज वातावरण एकैसाथ आवश्यक हुन्छ।

उद्योगले आवश्यक जनशक्ति आफैँ खोज्नुपर्ने र शैक्षिक संस्थाले उद्योगको आवश्यकता बुझ्न नसक्ने अहिलेको अवस्थाले नेपालको श्रम बजारमा ठूलो असन्तुलन सिर्जना गरेको उनीहरूको निष्कर्ष छ।

त्यसैले विश्वविद्यालय तथा प्राविधिक शिक्षालय, निजी क्षेत्र र सरकारबीच नियमित संवाद तथा सहकार्यको संयन्त्र विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। शिक्षा र रोजगारीबीचको सम्बन्ध बलियो बनाउन सके विदेशिने युवालाई स्वदेशमै अवसर खोज्ने वातावरण निर्माण गर्न सकिने उनीहरूको भनाइ छ।

नेपालमा सम्भावना नभएको होइन, सम्भावनालाई रोजगारी र उद्यममा बदल्ने वातावरण कमजोर रहेको निष्कर्ष निकाल्दै उनीहरूले राज्यले नीतिगत सुधार, निजी क्षेत्रले लगानी विस्तार र शैक्षिक क्षेत्रले बजारमुखी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending