Ntc summer Offer
Khabar Dabali ३ फाल्गुन २०८१ शनिबार | 15th February, 2025 Sat
Investment bank

बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे

खबरडबली संवाददाता

बागलुङ । स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरुप यहाँका आमा समूहले घरमा ‘कालो टीका’ लगाइदिने गरेका छन्।

निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ। निसीखोला–६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उहाँको घरमा कालो टीका लगाइदिएको हो। पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि उनी घरमै सुत्केरी भएकी थिइन। त्यसपछि गाउँको आमा समूहले बनाएको सामाजिक नक्सामा उनको घरमा कालो टीका लगाइदिएको हो।

तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै सन्तान जन्माइन। भिडियो एक्सरे गर्नुपर्ने भएपछि निसी स्वास्थ्य चौकीले उनलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरेको थियो । तर घर फर्केर जोखिम मोल्दै कात्तिकको १२ गते उनले छोरालाई जन्म दिए। पति देवीराज गोठ जानुपरेकाले उनलाई घर कुर्न राख्दा स्वास्थ्य संस्था नगएका हुन्। अहिले मनदेवीको घरमा पनि कालो टीका लागेको छ। उनको यो पटकको चौथो सन्तान हो। यसअघिका तीन सन्तान जन्माउने बेलामा त उहाँ झन् गर्भजाँचमा पनि आएनन्।

 

गर्भवती भएपछि आठपटकसम्म गर्भजाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी ‘प्रोटोकल’ उनीहरुले उल्लङ्घन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूह बैठकपछि घरमा कालो टीका लगाउने गरिएको छ। यो समस्या निसीखोलाका अधिकांश वडामा छ। कतिपयले प्रोटोकल पूरा गर्नै खोज्दैनन् भने कतिपयले भौगोगिक कठिनाइ देखाएर समस्या परेको गुनासो गर्छन् ।

“कालो टीका लगाउनुलाई नराम्रो सङ्केत मानिन्छ”, निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाले भनिन, “होम डेलीभरी घटाउने यो सामाजिक विधि हो ।” घरमै सुत्केरी भएको थाहा पाएपछि तत्काल स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था बुझ्ने र उपचार गराएको बुढाले बताए। उच्च रक्तचाप, बच्चा उल्टो भएका वा अन्य कुनै जटिल समस्या आउने देखिएमा रेफर गर्ने र नभए पनि उनको शारीरिक अवस्था हेरेर आवश्यक सुझाव दिने काम स्वास्थ्य चौकीमा हुने गरेको छ ।

निसीको तिर्खापानी, लुप्राङसहित अधिकांश वडाका ग्रामीण बस्तीका महिला गर्भ अवस्थामा पनि खेतीपाती, लेकको गोठमा जाने चलन रहेको छ। वस्तुभाउ चराउन लेकमा जाने चलनले पनि प्रोटोकलअनुसार गर्भजाँचमा नआउनेहरू प्रशस्त भएको बुढाले बताए। घरपरिवारले चासो नराख्ने, कामले फुर्सद पनि नपाउनेहरू बढी मात्रामा होम डेलिभरीमा परेको उनले बताए।

कालो टीका नलाग्नका लागि सुत्केरीपछि पनि पाँच वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्ने र आमाले आइरन चक्की खाने प्रावधान पूरा गर्नुपर्छ । स्वास्थ्य प्रोटोकल पूरा नगर्नेलाई दबाब पर्ने भएकाले कालो टीका लगाउने गरिएको निसीखोला–३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशिला चन्दले बताइन।

निसीमा घरमै सुत्केरी हुने र गर्भजाँच नगर्नेको सङ्ख्या अत्यधिक छ। स्वास्थ्य चौकीले पनि लागत राख्नै कठिन भएको इन्चार्ज गणेश खड्काले बताए। उनका अनुसार आर्थिक वर्ष २०७९–८० मा एक सय आठ जना सुत्केरी हुने सूचना प्राप्त भएकामा २८ जना मात्र स्वास्थ्य संस्थामा आएका थिए । बाह्र जना घरमा सुत्केरी भएका थिए । चालु वर्षको छ महिनामा १६ जना स्वास्थ्य संस्थामा र दुई जना घरमा नै सुत्केरी भएका उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य, प्याजको भाउ दैनिक उकालो लाग्दै

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेज...

महाकुम्भमा भयानक दुर्घटना १० को मृत्यु, १९ घाइते

काठमाडाैं  । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  ...

एमाले निकट कर्मचारी संगठनको नेतृत्व चयनमा विवाद

महाधिवेशन दुईदिन लम्बिँदा नेतृत्व चयन नभएपछि पार्टीको हस्तक्षेप

२० किलो चरेस र २१ किलो गाँजासहित रुपन्देहीमा सात जना पक्राउ

काठमाठौं । रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर...

सत्ता साझेदार दलको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बै...

विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

म्याग्दी । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँ...

ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना ४ ख २४९६ न...

ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ना ४ ख २४९६ न...

मधेशका मुख्यमन्त्री सिंहविरुद्ध जनकपुरधाममा मसाल जुलुस

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाह...

जनताको साथ पाए नयाँ पार्टी खोल्ने हर्क साम्पाङको उद्घोष

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ राईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy