कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् ।
भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना गरेको १९ औँ संस्करणको खुला म्याराथनमा उनले २ घन्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गरे । उनले नगद ५ लाख पुरस्कार प्राप्त गरे ।
केन्याका जुलियस मुरिउकी बाहोमेले २ सेकेन्डपछि पर्दै दोस्रो बने । उनले २ घन्टा १७ मिनेट २६ सेकेन्डमा दुरी पार गर्दा केन्याकै ओनेस्मस गिताउ न्जोरोगे २ घन्टा १८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो बने । दोस्रो बन्नु भएका जुलियसले ३ लाख र तेस्रो हुनु भएका ओनेस्मसले २ लाख नगद पाए ।
चौथो नेपालका किरणसिंह बोगटे, पाँचौं निरज भट्ट क्षेत्री र छैटौं रिखुलाल सिंन्जाली मगर बने । हाफ म्याराथनमा पुरुषतर्फ सन्तोष विक्रम विष्ट र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जित्नु भयो । सन्तोषले एक घन्टा ९ मिनेट ७ सेकेन्ड र सन्तोषीले एक घन्टा २० मिनेट ३ सेकेन्डमा दौड पूरा गरे ।
पुरुषतर्फ गजेन्द्र राई दोस्रो र केन्याका इमानुएल किप्टारबेई तेस्रो र महिलातर्फ स्वारोन जेनोटिच दोस्रो र पुष्पा भण्डारी तेस्रो बने । महिलातर्फ हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार नगद पाए ।
पुरुषतर्फ हाफ म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार नगद पुरस्कार प्रदान गरियो । मञ्चका अनुसार विभिन्न १४ वटा विधामा प्रतिष्पर्धा गराइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १८:४४
आयोग गठनको सहमतिसँग जोडेर प्रायोजित दुष्प्रचार
चैत्र १२ गते, २०८१ - १८:३३
जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरि...
चैत्र १२ गते, २०८१ - १८:२८
चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग...
चैत्र १२ गते, २०८१ - १८:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने...
चैत्र १२ गते, २०८१ - १८:१४
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले मङ्गलबार व...
चैत्र १२ गते, २०८१ - १८:१०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्...
चैत्र १२ गते, २०८१ - १८:०६
बर्दीबास । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएक...
चैत्र १२ गते, २०८१ - १८:०२
मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन...
चैत्र १२ गते, २०८१ - १७:५९
खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा एक बजारमा हवाई हमलामा सयौँ मानिसहरू मारेको आरोप लगाएको छ । ...
चैत्र १२ गते, २०८१ - १७:५५
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरे...
प्रतिकृया लेख्नुहोस्: