Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

केन्याका बिल्सनलाई पोखरा म्याराथनको उपाधि

खबरडबली संवाददाता

कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् । 

भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना गरेको १९ औँ संस्करणको खुला म्याराथनमा उनले २ घन्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गरे । उनले नगद ५ लाख पुरस्कार प्राप्त गरे । 

केन्याका जुलियस मुरिउकी बाहोमेले २ सेकेन्डपछि पर्दै दोस्रो बने । उनले २ घन्टा १७ मिनेट २६ सेकेन्डमा दुरी पार गर्दा केन्याकै ओनेस्मस गिताउ न्जोरोगे २ घन्टा १८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो बने । दोस्रो बन्नु भएका जुलियसले ३ लाख र तेस्रो हुनु भएका ओनेस्मसले २ लाख नगद पाए । 

चौथो नेपालका किरणसिंह बोगटे, पाँचौं निरज भट्ट क्षेत्री र छैटौं रिखुलाल सिंन्जाली मगर बने । हाफ म्याराथनमा पुरुषतर्फ सन्तोष विक्रम विष्ट र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जित्नु भयो । सन्तोषले एक घन्टा ९ मिनेट ७ सेकेन्ड र सन्तोषीले एक घन्टा २० मिनेट ३ सेकेन्डमा दौड पूरा गरे । 

पुरुषतर्फ गजेन्द्र राई दोस्रो र केन्याका इमानुएल किप्टारबेई तेस्रो र महिलातर्फ स्वारोन जेनोटिच दोस्रो र पुष्पा भण्डारी तेस्रो बने । महिलातर्फ हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार नगद पाए । 

पुरुषतर्फ हाफ म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार नगद पुरस्कार प्रदान गरियो । मञ्चका अनुसार विभिन्न १४ वटा विधामा प्रतिष्पर्धा गराइएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending