Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

खबरडबली संवाददाता

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले उक्त प्रतिक्रिया दिएका हुन्।

यसलाई कुण्ठित हुने, खलल पुर्‍याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति नरहने उनले प्रस्ट पारे। 'सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लेटफर्मलाई नियमन गर्न भन्दै सरकारले तयार गरेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। यसले समग्र लोकतान्त्रिक प्रणालीलाई बचाउन अभिव्यक्ति र प्रेस स्वतन्त्रता आवश्यक छ भन्ने मर्मलाई बुझ्न सक्नुपर्छ। कांग्रेस लोकतन्त्रका यी आधारभूत विषयमा कसैसँग कम्परमाइज गर्न सक्दैन,' उनले भने।

कुनै बहानामा प्रेस स्वतन्त्रता र नागरिकको स्वतन्त्रतामाथि खलल पुर्‍याउने कार्य लोकतन्त्रका लागि स्वीकार्य हुन नसक्ने महरले बताए। आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको महरले बताए।

राज्यको चौथो अंग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुने महरको भनाइ छ। 'सूचना तथा सञ्चार प्रविधिको उपयोग विश्वसनीय, सुरक्षित र पहुँचयोग्य तुल्याउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउनु पर्छ,' विधेयक संसद्‌मा पुगेसँगै सार्वजनिक बहस सुरु हुन थालेको अवस्थामा महरले उक्त प्रतिक्रिया दिएका हुन्।

प्रजातन्त्रका आधारभूत विषयलाई खलल पुर्‍याउने कार्यमा कांग्रस नलाग्ने उनको भनाइ छ। 'प्रजातन्त्र कांग्रेसको प्राणवायु हो। प्रजातन्त्रको प्राणवायुसँग अभिव्यक्ति र प्रेस स्वतन्त्रता जोडिन्छ। यसका बारेमा हामी एकदम सचेत छौं। यो वा त्यो बहानामा कांग्रेस संलग्न सरकारले र संसद्को सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले यस्ता प्रकारका विधेयकलाई प्रशय दिँदैन,' उनले भने।

आज सहिद दिवस भएको स्मरण गर्दै महरले सहिदको बलिदानी पनि प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताए। सहिदको बलिदानको कदर गर्न पनि अभिव्यक्ति र प्रेस स्वतन्त्रताको जगेर्ना गर्नुपर्ने उनले बताए।

राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा सर्त पालना नगरे सामाजिक सञ्जाल प्लेटफर्मलाई १ करोडसम्म जरिवाना र प्रयोगकर्तालाई ‘राष्ट्रिय हित प्रतिकूल हुने गरी’ भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने प्रावधान राखिएको छ।

‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तमा प्लेटफर्मले ‘सम्बन्धित निकाय’ मा अनुसन्धानका लागि ‘युजर डिटेल’ उपलब्ध गराउनुपर्ने, परिचय खुलाएर मात्रै प्लेटफर्म प्रयोग गर्न दिनुपर्ने, कानुन विपरीतका विषयवस्तु पोस्ट हुन नदिने प्रविधि विकास गर्नुपर्ने व्यवस्था राखिएको छ।

तोकिएका सर्त पालना नगरे प्लेटफर्मलाई २५ लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव छ। प्रयोगकर्ताका सन्दर्भमा विधेयकमा दर्जन जति कसुरको परिभाषा खुलाएर सजाय तोकिएको छ। यससँगै यसको पक्ष-विपक्षमा बहस भइरहेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरे...

गुल्मीमा डोजरले पल्टाएको ढुङ्गा लागेर आठ वर्षीया बालिकाको मृत्यु

तम्घास । गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर ज...

संसद्मा विचाराधीन विधेयक दुवै सदनबाट अघि बढाइन्छः सचेतक बर्तौला

काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ ।  सिंहदरबर...

खाद्य गुणस्तरको नियन्त्रण :काठमाडौँ महानगरले स्थलगत मापन तत्काल सुरु गर्दै

काठमाडौँ । बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण  फिल्डमा तत्काल गर्ने भ...

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिने भएको छन । बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हु...

जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

झापा । जसपा नेपाल कोशी प्रदेशका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी ...

निसीखोलामा टिप्पर दुर्घटना, चालकको मृत्यु

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुमपूर्वबाट ढोरपाटन नगरपालिका...

अर्थमन्त्री पौडेल र मेयर आचार्यकोको उपचार सुरु, अवस्था जोखिममुक्त

काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर...

तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह

बुटवल । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीयताको मूल भावना अनुसार सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न ब...

निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यकः नेता रिजाल

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताएको छन । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy