Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

माओवादी केनद्रकाे ताप्लेजुङका तीन पालिकामा नयाँ कमिटी

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले तीनवटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित तीन स्थानीय तहमा नयाँ कमिटी चयन गर्दै माओवादीले पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्रका अनुसार फुङ्लिङ नगरपालिकाको तेस्रो अधिवेशनले जीतेन चेम्जोङ लिम्बूलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै नगर कमिटी चयन गरेको छ । नगर कमिटी उपाध्यक्षमा सुरेश फुरुम्बो लिम्बू, वाङ्गे शेर्पा र फूलमाया गुरुङ चयन भएका छन् । सचिवमा पृथ्वी मादेन, सहसचिव बाबुराम पालुङ्वा र कोषाध्यक्षमा सरस्वता विक चयन भएका छन् । 

यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको तेस्रो अधिवेशनबाट हर्क सेनेहाङ (रिजन) अध्यक्षमा चयन भएका छन् । पालिका कमिटी उपाध्यक्षमा दुर्गा इजम, देवीमाया दाहाल र फूलकमल थलङ, सचिवमा सूर्यबहादुर खड्का, सहसचिव बृख तामाङ र कोषाध्यक्षमा फूलथुङ्गा थेबे सर्वसम्मत चयन भएका छन् । 

यसैगरी सिरिजङ्घा गाउँपालिकाको तेस्रो अधिवेशनले ज्ञानु ताम्लिङ अध्यक्ष रहेको नयाँ पालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रकाश पौडेल, जीतबहादुर बुढाक्षेत्री र कविता लिम्बू गौतम, सचिवमा अर्जुन भट्टराई, सहसचिव हेमन्त पौडेल र कोषाध्यक्षमा सुकबिर माबो लिम्बू चयन भएका छन् । 

पालिकास्तरीय अधिवेशनहरु माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुदन किराती, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएका छन् । नौ स्थानीय तह रहेको जिल्लामा बाँकी पालिकाहरुमा पनि क्रमशः अधिवेशन गर्ने कार्यतालिका रहेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकरी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending