Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८२ सोमबार | 5th May, 2025 Mon
Investment bank

यातायात कार्यालय हेटौँडाद्वारा छ महिनामा २९ करोड एक लाख राजस्व सङ्कलन

खबरडबली संवाददाता

बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक  लाख ७५ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए। 

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट रु। चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट रु। चार करोड ५६ लाख ७० हजार आठ सय ११, सङ्घीयता तर्फ रु एक करोड ८१ लाख २५ हजार एक सय ८० तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ । 

यस्तै चालु आवको सो अवधीमा मोटरसाइकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पोरई–रिक्सा तीन सय ३७ वटा, ठुला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधीमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए। 

यस्तै सो अवधीमा दुई हजार नौ सय ८४ नवीकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

काठमाडौं । नेपाल विश्वविद्यालयको संरक्षक परिषद्(बोर्ड अफ ट्रस्टी) ले विश्वविद्यालयको उप-कुलपति र रजिस्ट्रार नियुक्त गरेको छ।  नेपाल विश्वविद्यालय ऐ...

प्रश्नपत्र आउट प्रकरणमा परीक्षा बोर्डले भन्यो : प्रश्न पत्र ‘आउट’ भएको छैन, ‘भाइरल’ प्रश्न पत्र पुरानो

भक्तपु। राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्र...

तराई मधेस अभियान सकेको माओवादी अब पहाड उक्लने

मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु

ओलीलाई गिज्याउनेहरुले आफ्नै सन्तानको भविष्य अन्धकार बनाउँदैछन्: राधिका शाक्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गिज्याउने र गाली गर्नेले आफ्नो सन्तानको भविष्य अन्धकार बनाइरहेको बताएकि छन्। ...

स्रष्टा र साहित्यकारलाई सम्मान, सहयोग गर्न समाज तथा सरकारले कन्जुस्याईँ गर्न हुन्न: राष्ट्रपति पौडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक वि...

शंखमुलको सडक पेटीको पाईप काठमाडौ महानगरले हटायो

काठमाडौं । काठमाडौ महानगरपालिका बानेश्वरबाट शङ्खमूल जाने सडकपेटीमा विगत लामो समयदेखि राखिएका पाइपहरू हटाईएको छ। पैदलयात्रुहरूलाई सहज आवागमनमा असर प...

च्यासलमा एमाले सचिवालय बैठक सुरू

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएको हो बैठकमा समसमायिक राजनीतिक बि...

भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा नबस्ने योगेश भट्टराईको घोषणा

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त न...

अस्पतालका सेवामा एकरुपता ल्याउन एकीकृत विधेयक ल्याउने तयारी

काठमाडौँ। सङ्घीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विध...

प्रधानमन्त्री ओली र नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुको शिष्टाचार भेट गरेका छन्। आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending