Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध सुधारिएको देखेर छटपटाएः प्रदीप ज्ञवाली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबिच सहकार्य आवश्यक भएको बताएका छन ।

बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएका बताए । कांग्रेस र एमालेबिच सहज अवस्थामा प्रतिस्पर्धा हुने बताउँदै ज्ञवालीले देश र व्यवस्थालाई सङ्कट पर्दा दुई दल मिल्ने गरेको ज्ञवालीको भनाइ छ । ‘धेरैको अनुमान विपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ’, उनले भने ।

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रास्वपाले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनि गरेको प्रचारको ज्ञवालीले आलोचना गरे । सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमाले लगायत अन्य दलमा आबद्ध मानिसहरू माथि पनि मुद्दा चलिरहेको उहाँले बताए। ‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन’, उनले भने ।

सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएका ज्ञवालीले बताए । ६र६ महिलनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको जनाउँदै यसमा विभिन्न शक्ति लागेका बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको केन्द्रमा रहनु भएको उनको भनाइ छ ।

देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उनले बताए । माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उनको भनाइ छ । नेकपा एमाले सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनु पर्ने बताए ।

नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उनले स्पष्ट पारेका छन । निरंकुशताको जेल, नेल भोगेर आएका एमाले नेताहरूले लोकतन्त्रको मर्म राम्रोसँग बुझेका उनले स्पष्ट पारेका छन । ‘स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ, पिँजडाको सुगालाई मात्र स्वतन्त्रताको मूल्य थाहा हुन्छ’, उनले भने । पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्पूर्ण भएको बताउँदै उनले यसमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘लोकतन्त्रलाई मर्यादित बनायो भने मात्र लोकतन्त्र बच्छ, अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ’, ज्ञवालीले भने ।

अहिले अरू सबै खराब म मात्रै ठिक भन्ने भाष्य निर्माण गरेर सामाजिक सञ्जालमार्फत अनेक खालका वितण्डा मच्चाउने काम भएका भन्दै ज्ञवालीले त्यसलाई नियमनको लागि सरकारले ऐन ल्याउन लागेको बताए । सो विधेयक संसदमा छलफल हुने भएकोले त्यसलाई परिमार्जनसहित व्यवस्थित बनाइने उनको धारणा रहेको छ । यस विषयमा सञ्चार क्षेत्रसँग पनि छलफल गरेर सुझाव लिनु पर्ने उनको भनाइ छ ।

तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने उनले बताउँदै तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्विकार्न नसकिने उनले स्पष्ट पार्नुभयो । मिडिया र सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नु पर्नेमा उनले जोड दिए । यसको लागि कहाँ योगदान दिनु पर्ने हो त्यो योगदान गर्न एमाले तयार रहेको उनले बताए ।

असत्यको भिडबाट सत्यलाई किचिनबाट नजोगाउने हो भने सत्य मर्ने ज्ञवालीले बताए। सत्यलाई जोगाउन प्रेस चौतारी नेपालले नेतृत्वदायी भूमिका खेल्ने ज्ञवालीले विश्वास व्यक्त गरे  ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...

हर्कलाई ज्ञानेन्द्र शाहीको अपिल: प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन, जनताको मतको सम्मान गरौं

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...

रौतहटमा एचआइभी संक्रमितको संख्या उच्च

रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...

पाकिस्तानमा आत्मघाती आक्रमण: नौजनाको मृत्यु २१ घाइते

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार  र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । ...

गुप्तचर विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहतनै ल्याइने

काठमाडौं । देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । बुधबार सरकारले...

संविधान संशोधन छलफल बहिष्कार गर्दै जेनजी आन्दोलनका अगुवाले राखे ६ बुँदे माग

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभ...

कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घ...

एसइई नतिजाप्रति असन्तुष्टि: गोरखाका ६ विद्यालयद्वारा पुन: परीक्षणको माग

सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending