स्याङ्जा । यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन ।
नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको ब्यबस्थापनमा भिरकोट नगरपालिका ३ मा रहेको भिरकोट सिटिहलमा सम्पन्न नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रमा बोल्दै पुर्व मन्त्री गुरुङले सबैको अपनत्वा हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन ।
उनले भने, ‘यहीँ हिउदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ।’
काङ्ग्रेस, एमाले, माओवादी, रास्वापा, राप्रपा, समाजवादी, मधेसवादी सबैको बीचमा सर्वदलीय समिती बनाएर प्रक्रिया अगाडि बढ्ने बताउदै उनले संविधान संशोधन आजको आवश्यकता भएको हुँदा सबैको सहमतिमै संशोधनको प्रक्रिया अगाडि बढ्ने धारणा राखेका छन । देशमा देखा परेका आर्थिक, संबैधानिक जटिलता अन्त्य गर्न दुई पाटीको सयुक्त सरकार बनेको प्रशङ्ग जोड्दै यी दुई पाटीलाई देशको समस्य समाधान नगर्ने छुट नभएको समेत धारणा राखेका छन ।
रिऋ लिएर घ्यू खान नहुने प्रशङ्ग जोड्दै उनले सधै बिदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिए । बिदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यतिबेला सबै राजनैतिक दल एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले काङ्ग्रेस भित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष गरे । उनले भने, ‘सहिद दिवस यिनै सहिदहरुलाई साक्षी राखेर स्याङ्जाबाट एकता अभियान सुरु गरेका छौं ।' पाटीभित्रको गुटबन्दीले सिमिले ब्यक्तिले पद प्राप्त गरे पनी काङ्ग्रेसको लक्ष्य प्राप्ति नहुने उनको भनाइ थियो । पाटिको लक्षप्राप्ति गर्न सबैले गुट त्याग्न उनले आग्रह गरेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १२:३०
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...
जेष्ठ १ गते, २०८३ - १२:०७
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...
जेष्ठ १ गते, २०८३ - ११:५८
रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...
जेष्ठ १ गते, २०८३ - ११:४२
पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...
जेष्ठ १ गते, २०८३ - ११:३०
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
जेष्ठ १ गते, २०८३ - ११:११
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । ...
जेष्ठ १ गते, २०८३ - ११:०४
काठमाडौं । देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । बुधबार सरकारले...
जेष्ठ १ गते, २०८३ - १०:५३
काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभ...
जेष्ठ १ गते, २०८३ - १०:३२
नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घ...
जेष्ठ १ गते, २०८३ - १०:२०
सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन...



प्रतिकृया लेख्नुहोस्: