काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई भेट्न पुगेकी छन् । बिहीबार दिउँसो श्रेष्ठ सामाजिक सञ्जालमा भाइरल आशिकालाई भेट्न भक्तपुरको जगातीस्थित प्रहरी बृत्त पुगेकी हुन् ।
उनले आशिकाको तरिका ठिक नभए पनि उनले आवाज उठाएको विषयहरु आम नागरिकको तबरबाट ठिक रहेको बताएकी छन् ।
आशिकालाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै सुमनाले भनेकी छन्, ‘उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु । अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिले सम्म हुन सकेको छैन, सबै वृत्तान्तको भिडियो आफैले पोस्ट गरेकी छिन् तरु यो विभिन्न जिल्लामा जाहेरी दिने को हो, अरु जाहेरीमा पनि यही रफ्तारमा कारवाही हुन्छ?’
त्यस्तै उनले दल निकटका मान्छेहरु पक्राउ पर्ने कुरा मात्र अघि आउँदा पनि पहुँचका आधारमा उन्मुक्ति दिइने टिप्पणी गरिन् । साथै राज्यले शक्तिकेन्द्रसम्म पहुँच नभएकाहरुलाई मात्रै पेल्ने गरेको समेत बताइन् ।
‘अहिले आशिकाजीको सट्टा कुनै दल निकट कोहीलाई प्रकाउ गर्ने कुरा मात्र उठेको भए के भइसक्थ्यो हामीले नभोगेको हैन । शक्तिकेन्द्रसम्म पहुँच नभएकोलाई मात्र पेल्ने नियत भो,’ ‘राज्यसँग अपार शक्ति छ, शक्तिशालीले संयमित हुनु पर्दछ । राज्यले अभिभाकत्व लिनुपर्ने ठाउँमा– अस्ति चितवनमा युवकलाई निर्घात कुट्नु र अहिले आशिकाजीलाई मानसिक यातना दिनुमा समानता छ – राज्यको अनावश्यक बल प्रयोग,’ उनले भनेकी छन् ।
प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै आशिकालाई गत माघ २ गते पक्राउ गरिएको थियो । उनलाई काठमाडौं उपत्यकाका तीनै जिल्लाका विभिन्न कार्यालयहरुमा राखेर अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८१ - १३:०७
अध्यादेशले नै सरकार चलाउनु लोकतान्त्रिक चरित्र हैन
फाल्गुन ८ गते, २०८१ - १३:०१
काँकडभिट्टा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व संकलन गरेको छ । मेची भन्सार कार्यालयका सू...
फाल्गुन ८ गते, २०८१ - १२:२६
काठमाडौं । हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो । जिल्ला प्रहरी...
फाल्गुन ८ गते, २०८१ - १२:२२
सर्लाही । सर्लाहीमा दुई दिनयता जङ्गली हात्तीको समूहले आतंक मच्चाइरहेको छ। महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरी आएका पाँचवटा हात्तीले स्थानीय बस...
फाल्गुन ८ गते, २०८१ - १२:१७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक बस्दै छ। बैठक बिहीबार दिउँसो दुई बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागिएको रास्वपाक...
फाल्गुन ८ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । यु...
फाल्गुन ८ गते, २०८१ - १२:१४
सुर्खेत। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलम...
फाल्गुन ८ गते, २०८१ - ११:२३
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्या...
फाल्गुन ८ गते, २०८१ - ११:२३
बैतडी । बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहा...
फाल्गुन ८ गते, २०८१ - १०:५७
काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका छन् । उनीहरुले आज भिडियो सन...
प्रतिकृया लेख्नुहोस्: