Ntc summer Offer
Khabar Dabali ८ फाल्गुन २०८१ बिहीबार | 20th February, 2025 Thu
Investment bank

प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह

खबरडबली संवाददाता

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । 

विर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको बताए । “अब सैद्धान्तिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन,” उनले भने, “प्रविधिको युग सुरु भएको छ, शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले प्राविधिक शिक्षालयको स्थापना गर्न पहल गर्नुपर्छ ।”

मुलुकमा सङ्घीय प्रणाली स्थापनापछि तीन तहको सरकार रहने व्यवस्था भएको उल्लेख गर्दै सभामुख घिमिरेले गुरुयोजना निर्माण गरेर मात्र विकास निर्माण अघि बढाउन सुझाव दिए । उनले शिक्षाको विकासका लागि केन्द्रको मुख ताक्ने प्रवृत्ति रहेको चर्चा गर्दै स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमुना प्रस्तुत गर्नुपर्ने बताए । 

असल सिर्जना र श्रममा आधारित प्राविधिक शिक्षाको अभावमा मुलुकको ठूलो जनशक्ति नकारात्मक प्रवृत्तिको लहैलहैमा लागिरहेको जनाउँदै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको बताए । स्थानीय तहलाई आफ्नो क्षेत्रमा राम्रो प्राविधिक र सांस्कृतिक विद्यालय सञ्चालन गर्न संविधान र कानुनले नरोकेको उल्लेख गर्दै सभामुख घिमिरेले शिक्षालाई रोजगारमुखी, संस्कारयुक्त र देशका लागि चिन्तन गर्ने जनशक्ति उत्पादन गर्ने विकासको प्रमुख आधारशिलाको रुपमा ग्रहण गरिनुपर्ने धारणा व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्...

पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड

लिमा । पेरुमा मादक पदार्थ सेवन गरी आएका एक व्यक्तिले ५०० वर्ष पुरानो पुरातात्विक वस्तु (‘ट्वेल्भ एङ्गल स्टोन’)मा तोडफोड गरेको अधिकारीहरूले मङ्गलबार बत...

देशभर सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका-१ विश्‍वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त...

किसानको साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक । गत स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका पालिका अध्यक्ष प्रेम बहादुर भुजेल नेतृत्वको काभ्र...

लुम्बिनी प्रदेशभर ८४ हजार पशुमा कृत्रिम गर्भाधान

प्युठान । प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आएका छन् । गाउँमै गाई फार्म सञ्चालन...

जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा विज्ञको जोड

जनकपुरधाम । जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभाव पर्न थालेकाले पशुपालकले अगामी दिनमा जलवायु सहनशील पशुप...

बागमती गोल्डकपमा संकटालाई हराउँदै एपीएफ सेमिफाइनलमा

हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौँ  बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  मकवानपुरका बागमत...

नेपाल र ओमनबिच पर्यटनसम्बन्धी समझदारी

काठमाडौं । नेपाल र ओमनकाबिच पर्यटनको विकास, प्रवर्द्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  आठौँ हिन्द ...

‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताएका छन् ।...

यस्तो छ माओवादीकाे हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको कार्यतालिका

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको समय तालिका सार्वजनिक गरेकाे छ । गएकाे पुस २३...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy