Ntc summer Offer
Khabar Dabali ८ फाल्गुन २०८१ बिहीबार | 20th February, 2025 Thu
Investment bank

ओखलढुङ्गामा सुमो दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

खबरडबली संवाददाता

खाेटाङ​ । खाेटाङकाे दिक्तेलबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौं हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौं जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा विहीबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी दिएका थिए । सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । “सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “चालक भेटिएका छैनन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।”

उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनैजनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

पेरिस । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन् ।...

फोर नेसन्स कप: लेबनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानल...

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ ।  जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र ब...

झापा-११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगित...

नक्कली सुन देखाएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बा...

सुदूरपश्चिमको विकासका लागि सबै मन्त्री, सांसद र नेताहरू एक ठाउँमा छौंः मन्त्री भण्डारी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सो प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू ...

चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेकाे आरोपमा दमकका डाइमन्ड सम्बाहाम्फे पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपा...

पर्वतका डिएसपी विष्ट भए गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन् । पर्वत जिल्ला प्रहरी ...

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नि...

छजना युवाले पाए ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’

काठमाडौं । विभिन्न क्षेत्रमा काम गरिरहेका ६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको छ । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालको आय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy