Ntc summer Offer
Khabar Dabali ९ फाल्गुन २०८१ शुक्रबार | 21st February, 2025 Fri
Investment bank

पाथीभरामा केबुलकारको विरोध : अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोधी पक्षले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका करण जनजीवन प्रभावित बनेको छ । तीन दिनअघि अर्थात् गएको मङ्गलबारदेखि आह्वान गरिएको यातायात बन्दले ताप्लेजुङसहित मेची अञ्चलका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको हो ।

मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबुलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायत आधा दर्जन संस्थाले मङ्गलबारदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन् । मेची राजमार्ग र तमोर कोरिडोर सडकमा बन्द आह्वान गरिएकाले ताप्लेजुङसहित पाँचथर र इलाम जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानपछि तीन दिनदेखि यातायात सेवा ठप्प हुँदा जनजीवन प्रभावित बन्दै गएको हो ।

मुख्य सडक मेची राजमार्ग र तमोर कोरिडोरसँगै जिल्लाभित्रका ग्रामीण सडकमासमेत यातायात ठप्प हुँदा जनजीवन थप प्रभावित बनेको छ । तेह्रथुम जिल्ला हुँदै ताप्लेजुङ भित्रिने सडकसमेत ठप्प पारिएको छ । यात्रुबाहक सवारी साधनसँगै दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलसमेत चल्न नदिँदा यात्रुहरु मार्कामा परेका छन् ।

त्यस्तै मालबाहक सवारी साधन ठप्प हुँदा जिल्लामा खाद्यान्नसहित उपभोग्य वस्तुको अभाव सिर्जना हुने सम्भावना बढेको स्थानीय व्यापारीले बताउन थालेका छन् । यसैगरी निर्माणका सामग्रीहरु आयात गर्न नसक्दा विकास योजना तथा पूर्वाधार निर्माणका काममा प्रत्यक्ष असर पुगिरहेको निर्माण व्यवसायीले बताएका छन् । बजार पसलमा कालोबजारीको खतरा पनि उत्तिकै बढ्दै गएको बताइएको छ ।

यता यातायात बन्दले सर्वसाधारणको जनजीवनमा गम्भीर असर परेकोभन्दै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी वार्ताद्वारा समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । उद्योग बाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूले जारी गरेका विज्ञप्तिमा बन्दले सर्वसाधारणको जनजीवनमा बढी असर पुगेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमार्फत सरकारलाई उच्च स्तरीय वार्ताटोली गठन गरी आन्दोलनरत पक्षको जायज मागको सम्बोधन हुनेगरी वार्ता गर्न र आन्दोलनरत पक्षलाई यातायात बन्द फिर्ता लिई जनजीवन सामान्य बनाउने बिषयमा सहयोग गर्न बाणिज्य सङ्घले आग्रह गरेको छ । यस्तै सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एमालेसहित जिल्लाका छ राजनीतिक दलले पनि बिहीबार नै संयुक्त विज्ञप्ति प्रकाशित गरी अशान्त बनेको परिस्थितिलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।

अन्य दलमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । राजनीतिक दलले हालको असहज परिस्थितिलाई सहज बनाउन आन्दोलनरत पक्ष, सरकार र केबुलकार कम्पनीबिच वार्ता र सम्वाद गरी निस्कषमा पुग्न आग्रह गरेका छन् । दलहरुले जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न पनि सबैसँग आह्वान गरेका छन् । बाणिज्य सङ्घ र दलहरुले झडपमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने उनीहरुको उपचार व्यवस्थाका लागि सरकारको ध्यानाकर्षणसमेत गरेका छन् ।

केबुलकार निर्माणको काम अघि बढाउने क्रममा गत माघ १२ गते पाथीभरा क्षेत्रमा निर्माण पक्ष र बिरोधी पक्षबिच भएको झडपमा परी ‘नो केबुलकार’ समूहका तीन  जना गम्भीर घाइते हुनुभएको छ । त्यस्तै सरक्षाकर्मी प्रहरीतर्फका पनि डेढ दर्जन बढी सङ्ख्यामा घाइते भएका छन् । केबुलकारको विरोध गर्दै आएका समूहका केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारी गतिशील हुन आवश्यक छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धार...

वीरगन्ज भन्सार क्षेत्रबाट एयरगन र गोलीसहित एक भारतीय पक्राउ

पर्सा । सशस्त्र प्रहरी बलले वीरगन्ज भन्सार क्षेत्रबाट एक थान एयरगन र त्यसमा लाग्ने ८२ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ प...

समाजवादको पूर्वाधार निर्माण गर्न पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी...

माओवादीले पहिचान र अधिकारका मुद्दालाई सशक्त बनाउँदै लगेकाे छ: अध्यक्ष प्रचण्ड

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई क...

कुटपिटको विषयलाई लिएर यातायात व्यवसायी आव्हान गरेकाे बन्द फिर्ता

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकमाथि भए...

‘सरकारले बनाउने कानुन सरकारी संयन्त्रले कार्यान्वयन नगर्नु दुःखद्’

काठमाडौं । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् । शुक्रबार उद्योग...

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घ आन्दोलित

कपिलवस्तु । विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घ चरणबद्ध आन्दोलन सुरु गरेको छ  । महासङ्घले २०७५, २०७८ र २०८० मा सरकारसँग ...

मकवानपुरमा घरको छतबाट लडेर एककाे मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-५ स्थित सानोपोखरामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । आफन्तको घरमा आएका चितवन जिल्ला कालिका नगरपालिका ६ खोलेश...

त्रिविद्वारा स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान

हुलाकी राजमार्ग केन्द्रीत माओवादीकाे ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy