Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८१ शनिबार | 1st March, 2025 Sat
Investment bank

सत्ताको खेल खेलिरहने विद्रुप प्रणालीको बन्ध्याकरण भएको छः प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरू मुक्त भएको बताएका छन्।

संघीय संसद् प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु। सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ।’

उनले जनता र संसद्को भरोसा तथा दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको सगौरव उल्लेख गरे।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको सम्बोधन 

सम्माननीय सभामुख महोदय,

सर्वप्रथम यस गरिमामय सदनको पाचौं अधिवेशनमा म सबै माननीयज्यूहरुलाई हार्दिक स्वागत गर्दछु।

म यस गरिमामय सदनमार्फत् देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञातरअज्ञात शहीदहरूको विशेष स्मरण गर्दै ती सम्पूर्ण वीररवीराङगनाहरूप्रति हार्दिक नमन एवं श्रद्धाञ्जलि अर्पण गर्दछु। देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने शहीदहरूका महान् सपनालाई साकार पार्ने दृढ संकल्प पनि गर्दछु। साथै यस राष्ट्र«को जीवनमा अमूल्य योगदान दिने पुष्पलाल, विपी कोइराला, गणेशमान सिंह र मदन भण्डारी लगायत सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।

‘पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो, धेरैको ज्यान गयो।’

सभामुख महोदय, यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो।

त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयो। सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका बृद्ध बाबू–आमा र टुहुरा छोराछोरीको

वेदनाले म केही भावुक पनि बनें। सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिसप्त छौं।

मैले संकल्प गरें– अब हामीले यस स्थितिलाई बदल्नु पर्ने छ र त्यसका लागि काम गर्नु पर्ने छ।

यस्ता वेदनामय खबरहरुबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु।

यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको छ। अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने छौं। यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने छ। यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिंदै छ र त्यहाँका जनताको जीवनमा यसले ठूलो परिवर्तन ल्याउने छ।

सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दीगो बनाउन हामीले सुरुङ मार्गको योजना अघि सारेका थियौं।

सम्माननीय सभामुख महोदय,

प्रधानमन्त्री भएपछि संसद्बाट विश्वासको मत लिने क्रममा मैले भनेको थिएँ– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता— थालेको काम सक्ने हो।

थालेका कामहरुलाई हामीले कहाँ पुर्‍याउँदै छौं १ यस विषयमा मैले आज यस सम्मानित सदनलाई जानकारी गराउनु पर्दछ–

– काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको छ।

– चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको छ।

– ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रूत गतिमा अघि बढिरहेको छ।

– यो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ।

– खेल हाम्रा युवाहरुको जीवनशैली बनेको छ। त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो। त्यसका लागि टेण्डर आह्वान भएको छ– तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ।

– रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ। देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो।

– विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनको स्टाटसले एमाले नेताहरुको टाउको दुखाइः सामाजिक सञ्जालमै चल्न थाल्यो ‘वाक युद्ध’

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा वाक युद्ध सुरु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर स्ट...

रौतहटमा माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाको निधन

रौतहट  । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा न...

रूपन्देहीमा अज्ञात समूहको गोली हानेर युवकको हत्या

रूपन्देही । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधम...

कैलालीमा असिनापानी पर्दा कृषिबालीमा नोक्सान

धनगढी । कैलालीमा आज बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ। वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो।  जि...

अध्यक्ष प्रचण्ड रिङ्कु सदाको घरमा, न्यायको संघर्षमा एक्यवद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने...

प्रचण्डको दैनिकी: मर्निङ वाकदेखि पानको स्वाद लिनेसम्म

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला कोशी प्रदेशमा रहेका छन् । उनी झापाबाट सुरु भएको जनतासँग माओवादी कार्यक्रमक...

अन्य दल घाटामा रहँदा सात करोड नाफामा एमाले

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेकपा एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी देखिएको छ । एमालेले गत आर्थिक वर्ष (२०८०/८१)मा १४ करोड ७९ लाख ५ ह...

ओली सरकार भ्रष्ट र बिचौलियाको सेवा गर्नमै केन्द्रित छः प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले देशको दक्षिण क्षेत्रमा...

मलद्वारमा लुकाएर ल्याएको साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे  तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्। फ्लाई दुवईको एफजेड ५७५ उडानबा...

अध्यक्ष प्रचण्डद्वारा बर्जु तालको अवलोकन

सुनसरी ।  चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy