काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार दिउँसो सम्बोधन गरेका छन् । बैठकमा ओलीले पार्टी फुटाउने वा टुक्र्याउने कुरा यस सरकारको मेन्युमै नभएको बताएका छन् ।
ओलीले शान्तिश्री परियारले गाएको ढलेँढलेँ गीत गाएर सरकार ढाल्ने कुरामा नलाग्न नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षीलाई आग्रह गरे । ‘एउटा गीत बजारमा ढलेँढलेँ भन्ने अहिले व्यापक प्रचारमा छ । त्यस्तै गीत अहिले सरकार ढल्यो भन्दै विपक्षीहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो‘। पुस मसान्तमै ढल्यो, आज ढल्यो, भोलि ढल्यो, पर्सि ढल्यो । तर सरकार ०८४ सम्म मज्जाले जान्छ । ढलेँढलेँ गीत राजनीति मञ्चमा गाएको सुहाएन ।’
उनले कुनै पनि दल फुटाउने पक्षमा यो सरकार नरहेको पनि बताए । ‘पार्टी फुटाउने-टुक्र्याउने कुरा यस सरकारको मेन्युमा छैन । विपक्षी साथीहरूले एउटै कुरामा समय व्यर्थ फालेको देखेको छु । सरकार ढल्छ । टल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति आदि’, उनले भने, ‘एउटा गीत बजारमा ढलेँ-ढलेँ भन्ने प्रचारमा छ । यो आमरुपमा विपक्षीले गाएको सुन्छु । ढल्यो, ढल्यो, ढल्यो । आज ढल्यो, भोलि ढल्यो, पर्सि ढल्यो । यो गीत मनोरञ्जनका लागि गाउँदा ठिक होला तर, राजनीति मञ्चमा गाएको सुहाएन । यो गीतको के नक्कल किन गरेको होला? ढुक्क भए हुन्छ, ०८४ सम्म यो सरकार चलमल गर्ने छैन ।’
उनले दिनरात सरकार ढलेको हल्ला गरेर बस्नुभन्दा जनताको जीवनमा अर्थ लाग्ने कुरा गरेर अघि बढ्न प्रतिपक्षीलाई आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: