Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८१ शनिबार | 1st March, 2025 Sat
Investment bank

मुलुकको आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ : देउवा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन हुनुपर्ने बताएका छन्।

उनले संविधान बनेको १० वर्ष पुगिसकेको भन्दै संविधानको सुरक्षा गर्ने, सबल र दुर्बल पक्षको पहिचान गरी आवश्यकताअनुसार संशोधन गर्नुपर्ने बताए।

शुक्रबार प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा बोल्दै देउवाले संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थालाई कमजोर बनाउन नहुने बताए।

उनले संविधान संशोधन गर्दा अन्य राजनीतिक दलहरूसँग संवाद र सहमति गर्नुपर्ने बताए।

उनले लोकतान्त्रिक व्यवस्था संसारकै उत्कृष्ट रहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र भएकाले राजनीतिक प्रणालीले त्यसलाई सुदृढ बनाउँदै नागरिकप्रति जिम्मेवार बन्नुपर्ने बताए।

उनले मुलुक अब आर्थिक रुपमा सबल हुनुपर्ने बताए। उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकताको रुपमा बुझ्न नहुने बताए।

देउवाले सरकारले सेवा प्रवाहमा सहजताका लागि सरकारले कानुन बनाउने, सुशासन कायम गर्ने बताए। उनले नागरिकको सरोकारको विषयमा पेश भएका विधेयकहरू पेश हुने र अध्यादेशहरू सदनबाट स्वीकृत हुनेमा विश्वास व्यक्त गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ महिनादेखि सामाजिक विकास कार्यालय म्याग्दी प्रमुखविहीन

म्याग्दी । सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम ...

दोलखामा हिउँदे वर्षा र हिमपात हुँदा किसानलाई राहत

दोलखा । जिल्लाका तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । लामो समयपछि शनिबार रातिदेखि हिउँदे वर्षा भएको हो । आइतबार बिहानै...

१४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एकजना पक्राउ

बझाङ । बझाङमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा  मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय रहेका छन...

आधारभूत विद्यालयमा मगर भाषा अध्यापन

स्याङ्जा । बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ । मगर भाषा, कला, संस्कार, संस्कृतिको संर...

आलु खेतीमा आधुनिक यन्त्र प्रयोगले बदलिएको किसानको जीवन

नवलपरासी । नवलपरासी९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्...

लोप हुँदै पुरानो काठको घर

विराटनगर ।  पछिल्लो समय पुरानो काठका घर लोप हुन थालेका छन् । आधुनिक डिजाईनका सिमेन्ट र कङ्क्रिटका घर निर्माण बढेसँगै काठका घर लोप हुन थालेका हुन् । दु...

३ सय ग्राम ब्राउन सुगरसहित २ पक्राउ

काठमाडौं ।  झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। झापाको भद्रपुर नगरपालिका– ३ स्...

७ महिनामा ४६ स्कुल बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

स्कुल बस दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको लापरबाही

बालेनको स्टाटसले एमाले नेताहरुको टाउको दुखाइः सामाजिक सञ्जालमै चल्न थाल्यो ‘वाक युद्ध’

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा वाक युद्ध सुरु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर स्ट...

रौतहटमा माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाको निधन

रौतहट  । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा न...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy