Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८१ आईतवार | 2nd March, 2025 Sun
Investment bank

प्रधानमन्त्रीको वरिपरिका मानिस उठ्ती-पुठ्तीमा छन्, राजश्व अनुसन्धान व्यापारीलाई थर्काउँदै पैसा उठाउँछ : लिङ्देन

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागिरहेको बताएका छन्।

शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रधानमन्त्री सूचनाबाट बिमुख रहेको बताए।

विपक्षी दलहरूको प्रतिनिधित्व गर्दै उनले सम्बोधनमा भने, ‘तपाईंले भ्रष्टाचार गर्नुभएको छ कि छैन मलाई त्यो थाहा छैन, तर तपाईंको रिपरिका मानिसहरूले भ्रष्टाचार गरिरहेका छन्, भ्रष्टाचार चरम रुपमा छ।’

लिङ्देनले प्रधानमन्त्रीको वरिपरिका मानिसहरू भ्रष्टाचार र उठ्ती-पुठ्तीमा संलग्न रहेको बताए। उनले निर्माण व्यवसायीलाई सरकारले दिने भुक्तानीमा समेत रकम उठाइरहेको बताए।

लिङ्देनले प्रधानमन्त्री अन्तर्गतको राजश्व अनुसन्धान विभागले व्यापारीलाई सताएर पैसा उठाइरहेको बताए।

‘कुनै अरू नेतालाई नभन्नु है दु:ख पाइएला, व्यापारीलाई सताएर पैसा उठाएको कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले कुन व्यापारीको फर्ममा छापा मार्‍यो भने बिल नमिलेको सामान छैन होला।’

बोर्डरबाट तस्करीको सामान छोडिने र नेपालपट्टी आएपछि छापा मारेर अनि सल्लाह गर्न आउ भन्ने अहिले पनि भइरहेको लिङ्देनले बताए।

‘प्रधानमन्त्रीका मान्छे ६ महिने कार्यकालमा विभिन्न पदहरूमा करोड-करोड अफर गरिरहेका छन्। प्रधानमन्त्रीको वरिपरिकाले गरिरहेका छन,’ उनले भने।

उनले मुलुकमा सरकार भएको अनुभूति नै नभएको बताए। उनले निराश जनलाई आशा जगाउन, रोजगारी सिर्जनाका निम्ति सरकारले के गर्‍यो? भन्दै प्रश्न गरे।

‘देशमा विदेशी मुद्रा सञ्चिति व्यापाक छ, भाइ छोरा बेचेर आएको पैसा होइन त्यो?,’ उनले भने, ‘त्यसरी आएको पैसा पनि खर्च गर्न सकेको छैन भनुम् न। कांग्रेस-एमाले ठूला पार्टीले बनाएको सरकार सुध्रियोस्।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठगीको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धन...

नयाँ बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

काठमाडौं । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । प्रदर्शनकारीले निषेध...

बलात्कार आरोपमा एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय...

धनगढीको जंगलमा भेटियो २ वटा शव

कैलाली । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमह...

विप्लवले गरे कालिकोटमा भेडा फर्म उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कालिकोटको रुप्सा चिसापानी क्षेत्रमा भेडा फर्म उद्घाटन गरेका छन् ।  विप्लव नेत...

विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् । आइ...

विगत संझदै सिराहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

‘मधेसी जनतासँग माओवादीको लभ छ, सिराहा आउँदा माइती आएझैं लाग्छ’

मुख्यमन्त्री अनुगमनमा जाँदा अवैध अस्पताल सञ्चालक फरार

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् । मुख्...

छिमेकीले गरे पाँच वर्षीय बालिका बलात्कार

सप्तरी  । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छन् । नातेदारकहाँ पुर्‍याइदिन्छु भन्दै छिमेकीले मोटरसाइ...

पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा कामकाज ठप्प

हुम्ला  । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy