Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८१ शनिबार | 1st March, 2025 Sat
Investment bank

तनहुँमा बस दुर्घटनामा परी एकको मृत्यु, १३ घाइते

खबरडबली संवाददाता

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ३ः४० बजे यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

दमौलीबाट आँबुखैरेनी जाँदै गरेको ना ५ ख २९९९ नम्बरको यात्रु बस आँफै अनियन्त्रिक भई कल्भटमा ठोकिएर पल्टिँदा चितवन जिल्लाको भरतपुर महानगरपालिका नखुलेको श्रृष्टीचोक बस्ने वर्ष २२ की सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । गम्भिर घाइते सापकोटाको चितवन नारायणी अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ५ः१० बजे मत्यु भएको प्रनाउ थापाले जानकारी दिए । 

प्रनाउ थापाको अनुसार घाईते हुनेहरुमा कैलालीको जोशीपुर गाउँपालिका–२ बस्ने वर्ष २३ की लक्ष्मी बनादी, धनगढीको बसबरीया गाउँपालिका–५ बस्ने वर्ष २२ की अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने वर्ष १९ को किसान बिक, व्यास नगरपालिका–१२ बस्ने वर्ष १९ को सुनिल बिक, कास्कीको पोखरा महानगरपालिका– ८ बस्ने वर्ष २२ की आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ५१ को सुनिल ढकाल छन् । 

यस्तै, अन्य घाइते हुनेहरुमा लमजुङको वेशीशहर नगरपालिका–३ दिपुर बस्ने वर्ष ४१ को कृष्णबहादुर पाण्डे, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ४२ को राम शरण कुँवर, शहिद लखनथापा गाउँपालिका–२ घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका–१ बस्ने वर्ष ५९ को उज्वल विक भानु नगरपालिका– १० बस्ने वर्ष ५० को खेमराज लौडारी, वर्ष १७ को प्रशान्त लौडारी छन् । 

उनिहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहको छ । तनहुँको आबुखैरेनी गाउँपालिका-३ बिच बजार बस्ने वर्ष ४२ की दमन्तीमाया नेपाल र व्यास नगरपालिकाको वडा नखुलेको वर्ष १३ की आस्था काफ्लेको चितवन नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ ।  

चालक तनहुँको भानु नगरपालिका–५ बस्ने वर्ष ३५ को रविन्द्र घले प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनमा बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड

चीन । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ । दक्षिणपश्चिम चीनको गुइझोउ...

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा समस्या

गोरखा । बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिक...

सरकारले भूमि अध्यादेश फिर्ता नलिए जसपा नेपालले आन्दोलनकाे तयारी गर्ने

काठमाडौं । सरकारले जारी गरेकाे अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यदेश फिर्ता नलिए जनता समाजवादी पार्टी (जसपा)  नेपालले आन्दाेलनकाे तयारी गर्ने भएकाे छ । ...

काठमाडाैंकाे हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्नेलाई महानगरको ५० हजार जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ । महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक...

काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा, आइतबारदेखि मौसम खुल्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको ...

कांग्रेसले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा कार्यदल बनाउन प्रस्ताव गर्ने

केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने निष्कर्ष

केबलकार विवाद वार्तामार्फत समाधान गर्न रास्वपा ताप्लेजुङको आग्रह

ताप्लेजुङ । ताप्लेजुङमा  निर्माणाधीन केबलकारको विषयमा उत्पन्न समस्यालाई निर्माण कम्पनी नै अग्रणी भूमिकामा वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रिय ...

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्: विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छ...

मकवानपुरमा चाेर भनेर बाबुआमाले कुट्दा छोराको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेम...

हिमपात भएको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न बागलुङ प्रशासनको आग्रह

बागलुङ । शुक्रबार दिनभर बागलुङलगायत आसपासका जिल्लामा निरन्तर झरी परिरहेको छ । निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy