Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८१ शनिबार | 1st March, 2025 Sat
Investment bank

टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता

खबरडबली संवाददाता

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रलगायत कामकाज टोकन प्रणालीमार्फत सुरु भएपछि सेवा प्रवाह सहज भएको हो ।

पहिलापहिला जिल्ला प्रशासन कार्यालयमा आउँदा विभिन्न फाँटको ढोका र झ्यालमा घण्टौँ लाइन लाग्नुपर्ने, हल्ला र विभिन्न विवादले पालो आउनै गाह्रो हुने गरेकामा टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहश सहज रूपमा भइरहेको जलेश्वर नगरपालिका –१ बस्ने राजकिशोर रामले बताए । छोरीको नागरिकता बनाउन आएका उनले आफ्नो पालोका लागि टोकन लिएर आरामले कुर्न पाइने हुँदा सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज भएको बताए ।

लामो लाइन, हो हल्ला र सेवाग्राहीको घुइँचोका कारण तीन दिन काम गराउन नसकेर घर फर्किएका लोहारपट्टी नगरपालिका–३ का साबिर राईनले आज बिना कुनै झण्झट नागरिकता बनाउन टोकन लिएर पालो कुरेको भन्दै सहज रूपमा काम भएको बताए ।

राजकिशोर र साबिर जस्तै आज सयौँ सेवाग्राहीले आ–आफ्नो कामका लागि टोकन लिएर पालैपालो काम गर्न पाएपछि सहज भएको प्रतिक्रिया दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा बर्दिबास नगरपालिकाको सहयोगमा गत गत मङ्गलबार टोकन उपकरण जडान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सोही दिन ‘टोकन उपकरण’को संयुक्त रूपमा उद्घाटन गरेपछि आज टोकन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको हो । दिनानुदिन बढ्दै गएको सेवाग्राहीको घुइँचोले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण भन्दा बाहिर गएर हो–हल्ला हुने र कहिलेकाहीँ बिचौलियासमेतले सेवाग्राहीलाई ठगी गर्ने घटना बढ्दै गएपछि टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए ।

योसँगै जिल्ला प्रशासन कार्यालयमा जिल्लाभरिका सेवाग्राही आउँदा भीडभाड हुने, बिचौलिया हाबी हुने र एउटै कामका लागि दुई–चार दिन कुर्नुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ । बर्दिबास नगरपालिकाका प्रमुख क्षेत्रीले टोकन प्रणालीमार्फत सेवा सुरु भएपछि जस्तोसुकै भीडभाडमा पनि सेवाग्राहीले पालैपालो सेवा पाउने, अनावश्यक रूपमा लाइनमा बस्नु नपर्ने र कर्मचारीले पनि सहज रूपमा सेवा दिन सक्ने बताए ।

जिल्ला प्रशासन कार्यालयबाट दैनिक औसतमा ७५ नागरिकता, ५० राहदानी र दुई सय राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा दिने सेवाग्राही आउने गरेका कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषामा घरभित्रै गाडिएको अवस्थामा शव फेला

धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो २० वर्षीया अञ्जली याद...

गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी

गाजा । इजरायल-हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ तर स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ ...

उत्तराखण्डका मुख्यमन्त्री धामीद्वारा हिम पहिरोमा परी घाइते भएका श्रमिकसँग सोधपुछ

भारत । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार माना हिमपहिरोबाट उद्धार गरिएका घाइतेलाई भेटी घटनाबारे जानकारी लिएका छन् । घाइतेसँगको भेटपछि ...

सप्तरीमा हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित

सप्तरी । बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँ लगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् । केही दिनअघि आएको हावाहुरी ...

गोरखाको साम्दो पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध

काठमाडौं । सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।  गोरखाको चुमनुब्री–१ साम्दो  क्ष...

लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।  शनिबारबाट नेपाल प्र...

लदी पूजाको अवसरमा पहिचानका लागि माझी समुदायको प्रदर्शन

धनुषा । धनुषाको लालगढमा माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका छन् । शनिबार लालगढका माझी समुदायले माझी समुदायको महान् चाड कोशी (लदी) पूज...

मकवानपुरमा गैँडाको आक्रमणबाट एक घाइते

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।  शनिबार दिउँसो खयरघारी मरुङगे ताल स्थित ब्रह्म...

अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रङ्गशाला अयोग्य

काठमाडौं । नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ । एसियाली फुटबल महासङ्घ...

मोहनविक्रम सिंह भन्छन्-‘कमरेड जलजला’ यथार्थ र कल्पनाको मिश्रण

पाेखरा । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको बृहत् आख्यान ‘कमरेड जलजला’ हालै बजारमा आएको छ । ९० वर्षीय कम्युनिष्ट नेता सिंहले यो उपन्यास वास्तवि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy