Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८१ आईतवार | 2nd March, 2025 Sun
Investment bank

काठमाडौंमा छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु,

खबरडबली संवाददाता

काठमाडौं । बिहिबारबाट काठमाडौंमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण सुरु भएको छ । मोहन अभिलासी निर्देशित लघु चलचित्र ‘पालो’को प्रदर्शनसँगै यो महोत्सव विहीवार विहानबाट सुरु भएको हो । यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू फाईनलको लागि चयन भएका थिए । ती सबै चलचित्र महोत्सवमा प्रदर्शन गरिने भएको छ । महोत्सवमा पहिलो दित लामा छोटा गरेर तीन दर्जन चलचित्र प्रदर्शन गरियो ।
यो महोत्सव बिहीबारबाटै राईजिङ मलको क्युएफएक्स सिनेमा र चलचित्र विकास बोर्डमा सुरु भएको हो । तथापि यो महोत्सवको उद्घाटन समारोह आयोजना काठमाडौँको दरबारमार्ग स्थित क्युएफएक्स राईजिङ मलमा गरिएको थियो । महोत्सवको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले महोत्सवका उद्घाटन गरे । विश्वभरीबाट महोत्वसमा सहभागी चलचित्रकर्मीलाई स्वागत गर्दै मन्त्री ठकुरीले यस्ता कार्यक्रममा चलचित्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
महोत्सवको प्रसँसा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समारोहमा विदेशी चलचित्रकर्मीलाई खादा र टोपी लगाएर स्वागत गरेका थिए । यस्ता महोत्सवलाई बोर्डले सहयोग गर्दै आएको उनले बताए ।
महोत्सवमा राष्ट्रिय टोलीका मुख्य निर्णायक बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले पनि बिदेशी चलचित्रकर्मीलाई नेपालमा स्वागत छ भन्दै यसपटकका चलचित्रहरु एक से एक राम्रा भएको बताए ।
महोत्सवकी विशेष अतिथि नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले पनि सबैलाई स्वागत गर्दै महोत्सवमा राम्रा चलचित्र हेर्ने अवसर पाएको बताईन् ।
नेपाली मौलिक चलचित्रको प्रोत्साहनको लागि यो९ महोत्सव बिगत ६ वर्षदेखि आयोजना गर्दै आएको महोत्सव अध्यक्ष सन्तोष सुवेदीले कार्यक्रममा जानकारी गराए । यसपटक महोत्सवमा ३५ जना चलचित्रकर्मीहरु सहभागी भएको बताए ।
यो महोत्सब शनिबार उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गर्दै समापन हुनेछ । जसमा उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० मा अवार्डहरू प्रदान गरिने छ ।
महोत्सवमा अन्तराष्ट्रिय तर्फ आठ जना विदेशी निर्णायकहरू छन् । अन्तर्राष्ट्रिय निर्णायकमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रूपमा बरिष्ट संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का,अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के। खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री छन् ।  महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत आयोजना गरिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौर अस्पतालवाट २० लाखले देखे आँखा

रौतहट ।  आँखा अस्पताल गौर पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ।रौतहट सर्लाही, बारा देखी भारतासम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबि...

अपराधीहरुसँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्यायोः माओवादी नेता बिडारी

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सरकारले गलत नियत र मनशाय राखेर अध्यादेश ल्याएको बताएका छन् । सरकारल...

आरआर क्याम्पसमा अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवार लामा

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु सभापतिको उम्मेदवार संगमकुमार लामा बनेका छन् ।  ...

हिमपातपछि खुम्बुुमा बिरामीको उद्वार

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ नाम्चेमा सिकिस्त बिरामी हुनुभएको पशुपति तामाङलाई नेपाल प्रहरीको टोली उद्धार गर्दै ।  ...

हिमपातपछि खुम्बुमा प्रहरीको गस्ती फाेटाे फिचर

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि चिसोका कारण हुने समस्या सहयोगका लागि त्यस क्षेत्रमा रहेको नेपाल प्रहरीले गस्ती सुरु गरेको छ। य...

रिङ्कु सदालाई न्याय दिन राष्ट्रिय मुक्तिको माग

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार ...

संविधान संशोधन राजनीतिक एजेण्डा होः पूर्वमन्त्री शर्मा

पोखरा ।  पछिल्लो समय माथापच्चीको एक विषय बनेको छस् संविधान संशोधन। २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएक...

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

बागलुङ । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर ब...

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

बागलुङ । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर ब...

हुलाकी मार्ग केन्द्रित अभियानले तराई मधेसको रूपरेखा फेर्न सहयोग पुग्नेछः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy