Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै बीभत्स हत्या

खबरडबली संवाददाता

धनगढी । अछामको ढकारी गाउँपालिका–१ को छिन्ने भन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । ११ माघ शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट शनिबार छिन्ने भन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुवै किशोरी (नाताले फुपू–भदै) को ढुंगा प्रहारबाट मृत्यु भएको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरूको हत्या भएको खुलेको हो ।

प्रहरीका अनुसार अछामको ढकारी गाउँपालिका–८ पल्साताकी मृतक १४ वर्षीया इशरा र पक्राउ परेका एक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो । उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पु¥याएको थियो । तर, उनीहरूले प्रत्यक्ष रूपमा भेट्ने मौका पाएका थिएनन् । ढकारी गाउँपालिका–३ ताली र किशोरीहरूको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रूपमा टाढा छ । पक्राउ परेका किशोर ढकारी गाउँपालिका–३ तालीका हुन् ।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ । तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर ९ माघमा फुपूको घरमा पुगेका थिए । फुपूको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजनामा उनीहरू थिए ।

त्यसपछि किशारी र किशोरहरूबीच टेलिफोन संवाद भयो । संवादमा गोठालो गएका बेला छिन्ने भन्ने वनमा भेट्ने योजना तय भयो । दुवै किशोर घुमफिर गरेर आउने भन्दै ११ माघ शुक्रवार बिहानै फुपूको घरबाट निस्किए । फुपूको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरू किशोरीलाई भेट्ने योजनासहित छिन्ने जंगलतर्फ लागे । उनीहरू ११ माघ बिहान १० बजे नै नजिकै रहेको रिमरौवा खोलामा किशोरीहरूलाई पर्खेर बसे । मृतक इशरा र सरस्वती खड्का दिउँसो १२ बजेतिर मात्र रिमरौवा खोला नजिकको खोरबाट बाख्रा ल्याई जंगलतिर गए । १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वतीसँग उनीहरू तीनै जनाले एकसाथ भेटे । सरस्वती खड्काको मोबाइलबाट किशोरहरूले गीत र भिडिओहरू पनि साटासाट गरे । त्यसपछि उनीहरू छिन्ने ओडारको ठूलो ढुंगामा गई बसे

यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगा प्रहार
ढुंगामा बसेको बेला ६९ मंगलसेन ७६ ९परिवर्तित नाम० ले इशरासँग मायाको चिनो दोपट्टा मागे । दिन इन्कार गरेपछि उनको सेतो दोपट्टा खोसेर सँगैका साथी ६९ मंगलसेन ७३ ९परिवर्तित नाम० लाई दिए । इशरासँग टेलिफोनमा संवाद गर्दै आएका ६९ मंगलसेन ७३ ले नै दोपट्टा पाए । त्यही क्रममा उनले नै सरस्वतीको दोपट्टा मागे ।

तर, सरस्वतीले दिइनन् । त्यसपछि उनले सरस्वतीको इयरफोन खोसे । सरस्वतीले दाइको इयरफोन भन्दै फिर्ता मागे । इशराले दोपट्टा मात्र दिएपछि किशोरहरूका बीच नै विवाद हुन थाल्यो । त्यसपछि उनीहरू बसेको ठूलो ढुंगामा दोपट्टा खोसाखोस भयो । त्यही बेला सरस्वती इशरातिर गइन् । इशरा भने बाख्रा फर्काउन गइन् । त्यसपछि सरस्वती ढुंगाको तलतिर उभिइन् । सोही समयमा ६९ मंगलसेन ७६ सरस्वती भएको स्थानमा आए । उनले यौनसम्पर्कको प्रस्ताव राखे । सरस्वतीले विवाह गर्ने भएपछि मात्र यौनसम्पर्क गर्न दिने भनिन् । किशोरले ५–६ वर्षपछि विवाह गर्ने भनी आश्वासन दिए । दुईबीच यही विषयमा विवाद भयो । त्यसपछि सरस्वती खोलातिर गइन् । सोही बेला यौनसम्पर्क गर्न नदिएको झोंकमा किशोर (६९ मंगलसेन ७६) ले नजिकै रहेको ढुंगाले सरस्वतीको टाउकाको पछाडिको भागमा प्रहार गरे । सरस्वती सोही स्थानमा ढलिन् । उनी बेहोस भइन् । त्यसपछि ती किशोर पहिला उनीहरू बसेको ढुंगा नजिक गए । अनि हातले ढुंगा लडाउन खोजे ।

तर, ढुंगा लडाउन नसकेपछि जमिनको भित्तामा अडेस लगाएर दुवै खुट्टाले ढुंगा लडाए । बेहोस भएकी सरस्वतीलाई भाग्न अर्का किशोरले भने । ढुंगा आयो भन्दै किशोर कराइरहे । इशरा खड्का र उनका ‘प्रेमी’ दुवै जना सरस्वती लडेको ठाउँमा पुगे । त्यसबेलासम्म सरस्वतीको मृत्यु भइसकेको थियो । त्यसपछि ती किशोरहरू सरस्वतीको मृत्यु’दयगत घरमा नभन्न इशरालाई दबाब दिन थाले । तर, इशराले अस्वीकार गरिन् ।

त्यसपछि उनले घरतिर जाने प्रयास गरिन् । सरस्वतीको टाउकामा ढुंगाले हानेका किशोरले इशराको हात समाए । त्यसपछि पछाडि धकेले । इशराको बाटो छेके । त्यतिबेला इशराका प्रेमी (६९ मंगलसेन ७३)ले ढुंगा समाइसकेका थिए । उनले इशराको निधारमा प्रहार गरे । इशरा पनि ढलिन् । पछि अर्को किशोरले पनि ढलेकी इशराको अनुहारमा ढुंगाले पटकपटक हाने । त्यहीँ इशराको पनि मृत्यु भयो । त्यसपछि दुवै किशोर त्यहाँबाट भागे ।

भबितव्य देखाउन ढुंगा खसालियो
हत्यापछि आत्तिएका किशोरहरूले घटनालाई भबितव्य देखाउने प्रयासमा लागे । उनीहरूले भीरमाथिबाट शव भएको स्थानतर्फ दर्जनौं ढुंगा खसाए । १५ मिटरको दूरीमा किशोरीहरूको शव थियो ।

प्रहरीले एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने कोणबाट प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो । उता, तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको स्थानीयले देखेका थिए । त्यसपछि प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थलमा देखिएका मानिसहरूमाथि केरकार गरियो । सोही क्रममा प्रहरीले दुवै किशोरलाई पनि नियन्त्रणमा लियो ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुईजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रहरीको निगरानीमा राखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आकस्मिक गस्ती’ कि आकस्मिक प्रदर्शन ? फिल्डमा गृहमन्त्री, दबाबमा प्रहरी !

काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...

हदबन्दीको कागज र सत्ता वरिपरि फैलिएको जग्गा : कानुन, परिवार र ‘लुपहोल’को कथा

काठमाडौं।  नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...

सुनको कसीमा सरकार : ‘स्वर्णिम’ व्यंग्यदेखि ‘पहेँलपुर’ यथार्थसम्म

काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...

बागमती प्रदेशका सांसदहरूसँगको छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending