काठमाडौं । देशका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडालिई जस्ताले बनाएको सटरहरूमा संचालितसोही नगरपालिका–११ कपन बस्ने ईश्वर गौतमको फर्निचर उद्योग, सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–७ घर भएका बिरेन्द्र साहको माछा पसल, सोही नगरपालिका–८ भंगाल बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएका रूद्र बस्नेतको क्याटरिङको सामान पसल, सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिला बहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापा अर्जुनधारा नगरपालिका घर भएका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा शनिबार राति आगालगी हुँदा करिब २५ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी काठमाडौंमहानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा डेरा गरी बस्ने गोरखा, गोरखा नगरपालिका–१ घर भएका ३३ वर्षीय राम बहादुर थापाको कोठामा विद्युत सर्ट भई शनिबार राति आगलागीहुँदा कोठामा रहेको सरसामान जलेर करिब ७ लाख ५५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङकाे बेलवारी नगरपालिका काकुम बुधबारे बस्ने ठगकुमारी श्रेष्ठको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गुल्मीकाे चन्द्रकोट गाउँपालिका–२ वलिवाङ बस्ने ५२ वर्षीय डोल बहादुर खत्रीको गोठमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
पाँचथरकाे फालेलुङ गाउँपालिका–४ महाभीर बस्ने मोहन थाम्सुहाङको डेरी उद्योग र नजिकै रहेको गोठमा शनिबार दिउँसो आगलागी हुँदा डेरी उद्योग, गोठ, छुर्पी, घ्यु रडेरी संचालन गर्ने सम्पूर्ण सामाग्रीहरू पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका–७ बिगुटार बस्ने डिल्ली बहादुर कार्कीको घर नजिकै रहेको गोठमा आइतबार बिहान आगलागी हुँदा करिब २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १५:१०
जनकपुरधाम । यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिन...
फाल्गुन ३० गते, २०८१ - १५:०८
काठमाडौं । शिक्षक महासंघले नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र...
फाल्गुन ३० गते, २०८१ - १४:५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवा...
फाल्गुन ३० गते, २०८१ - १४:४६
काठमाडौं । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अप...
फाल्गुन ३० गते, २०८१ - १४:४४
काठमाडौं । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रु–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्...
फाल्गुन ३० गते, २०८१ - १४:१३
महोत्तरी । महोत्तरीकाे लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...
फाल्गुन ३० गते, २०८१ - १४:०२
काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...
फाल्गुन ३० गते, २०८१ - १३:५६
नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...
फाल्गुन ३० गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...
फाल्गुन ३० गते, २०८१ - १३:३१
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...
प्रतिकृया लेख्नुहोस्: