काठमाडौं । देशका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडालिई जस्ताले बनाएको सटरहरूमा संचालितसोही नगरपालिका–११ कपन बस्ने ईश्वर गौतमको फर्निचर उद्योग, सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–७ घर भएका बिरेन्द्र साहको माछा पसल, सोही नगरपालिका–८ भंगाल बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएका रूद्र बस्नेतको क्याटरिङको सामान पसल, सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिला बहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापा अर्जुनधारा नगरपालिका घर भएका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा शनिबार राति आगालगी हुँदा करिब २५ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी काठमाडौंमहानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा डेरा गरी बस्ने गोरखा, गोरखा नगरपालिका–१ घर भएका ३३ वर्षीय राम बहादुर थापाको कोठामा विद्युत सर्ट भई शनिबार राति आगलागीहुँदा कोठामा रहेको सरसामान जलेर करिब ७ लाख ५५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङकाे बेलवारी नगरपालिका काकुम बुधबारे बस्ने ठगकुमारी श्रेष्ठको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गुल्मीकाे चन्द्रकोट गाउँपालिका–२ वलिवाङ बस्ने ५२ वर्षीय डोल बहादुर खत्रीको गोठमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
पाँचथरकाे फालेलुङ गाउँपालिका–४ महाभीर बस्ने मोहन थाम्सुहाङको डेरी उद्योग र नजिकै रहेको गोठमा शनिबार दिउँसो आगलागी हुँदा डेरी उद्योग, गोठ, छुर्पी, घ्यु रडेरी संचालन गर्ने सम्पूर्ण सामाग्रीहरू पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका–७ बिगुटार बस्ने डिल्ली बहादुर कार्कीको घर नजिकै रहेको गोठमा आइतबार बिहान आगलागी हुँदा करिब २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: