रुपन्देही । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको पुनर्गठन र रूपान्तरण गरी आगामी चुनावमा एक्लै लड्ने तयारी गरेको घोषणा गरेका छन्।
शनिवार अर्घाखाँचीको भूमिकास्थान नगर कमिटीको तेस्रो अधिवेशनमा उद्घाटन गर्दै उनले पार्टीले जनतासँग पुग्न र शक्तिशाली बन्न पुनर्गठन आवश्यक रहेको बताए।
श्रेष्ठले भने, “हामी ०६४ मा ठूलो शक्ति थियौं, तर अहिले शक्तिमा कमजोर छौं। हाम्रो चरित्र, आचरण र व्यवहार हिजो स्वच्छ थियो, जनतासँग सम्बन्ध कसिाले थियो, नीति विचार र सिद्धान्तमा अडिग थियौं, त्यसैले पहिलो शक्ति बनेका थियौं। अब सच्चिएर पार्टीको रूपान्तरण र पुनर्गठन गर्दै जनतासँग पुग्नुपर्छ।” उनले माओवादी पार्टीले नै लोकतन्त्र रक्षा र सामाजिक९आर्थिक रूपान्तरण गर्ने बताउँदै कार्यकर्ताहरूलाई जनतासँग पुग्न अपिल गरे।
“अब पार्टीको रूपान्तरण र पुनर्गठन गरी एक्लै चुनावमा लड्छौं। कार्यकर्ताहरू घरघरमा पुग्नुस्, हरेक कमिटीमा सक्रिय हुनुस्,” उनले जोड दिए। श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित अन्य नेताहरू देशभर जनजागरणमा लागेको बताए। उनले पार्टीका कार्यकर्ताहरू उत्साहित र संकल्पबद्ध भएको दाबी गर्दै आवश्यक परेमा सडक संघर्षको लागि पनि तयार रहन आग्रह गरे।
साथै, उनले वर्तमान सरकारलाई निरंकुश र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। “सरकारले सुशासन कायम गर्ने अभियानमा नांगिएकाले जनतामा निराशा र आक्रोश देखा परेको छ,” उनले बताए।
यसैबीच, श्रेष्ठले पाल्पा, सिराहा, डडेलधुरा र ओखलढुङ्गामा पनि कार्यक्रमहरू आयोजना गरेको जानकारी दिँदै पार्टीमा उमंग र जनतामा आकर्षण बढेको बताए। उनले कार्यकर्ताहरूलाई एकताबद्ध र संकल्पबद्ध हुन आह्वान गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १५:१०
जनकपुरधाम । यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिन...
फाल्गुन ३० गते, २०८१ - १५:०८
काठमाडौं । शिक्षक महासंघले नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र...
फाल्गुन ३० गते, २०८१ - १४:५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवा...
फाल्गुन ३० गते, २०८१ - १४:४६
काठमाडौं । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अप...
फाल्गुन ३० गते, २०८१ - १४:४४
काठमाडौं । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रु–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्...
फाल्गुन ३० गते, २०८१ - १४:१३
महोत्तरी । महोत्तरीकाे लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...
फाल्गुन ३० गते, २०८१ - १४:०२
काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...
फाल्गुन ३० गते, २०८१ - १३:५६
नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...
फाल्गुन ३० गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...
फाल्गुन ३० गते, २०८१ - १३:३१
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...
प्रतिकृया लेख्नुहोस्: