पाेखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पियन बनेका छन् ।
आइतबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ विभागीय टोली पुलिस र महिलातर्फ पहिलो सहभागितामै आयोजक टाइगरले उपाधि जितेका हुन् । पुरुषतर्फ गण्डकीलाई ३–१ सेटले हराउँदै गर्दै पुलिस पुरुषतर्फ च्याम्पियन बन्यो । पुलिसले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ जितेपछि तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो ।
चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिसले उपाधि पायो । विजेता पुलिसले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउँदा गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ रुपियाँमा चित्त बुझाएको छ । आइतबारै भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बल -एपिएफ_ क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक टाइगर ग्रुपले उपाधि पायो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजकले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेटमा २५–१६ ले पुनरागमन गर्दा खेल पाँचौ सेटमा पुग्यो ।
पाँचौं सेटमा आयोजकले १५–१३ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको एपिएफले दुई लाख ८५ हजार पाँच सय ५५ रुपियाँमा चित्त बुझायो । माघ १२ गते सुरु भएको प्रतियोगितामा महिला/पुरुष दुवैतर्फ समान छ टोली सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...
मंसिर २४ गते, २०८२ - १९:०५
बैतडी । बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...
मंसिर २४ गते, २०८२ - १९:०३
जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ । महिला पुनर्स्थापना केन्द्र, ...
मंसिर २४ गते, २०८२ - १८:५९
ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...
मंसिर २४ गते, २०८२ - १८:५५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...
मंसिर २४ गते, २०८२ - १८:०६
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...
मंसिर २४ गते, २०८२ - १८:०४
लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...




प्रतिकृया लेख्नुहोस्: