पाेखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पियन बनेका छन् ।
आइतबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ विभागीय टोली पुलिस र महिलातर्फ पहिलो सहभागितामै आयोजक टाइगरले उपाधि जितेका हुन् । पुरुषतर्फ गण्डकीलाई ३–१ सेटले हराउँदै गर्दै पुलिस पुरुषतर्फ च्याम्पियन बन्यो । पुलिसले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ जितेपछि तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो ।
चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिसले उपाधि पायो । विजेता पुलिसले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउँदा गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ रुपियाँमा चित्त बुझाएको छ । आइतबारै भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बल -एपिएफ_ क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक टाइगर ग्रुपले उपाधि पायो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजकले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेटमा २५–१६ ले पुनरागमन गर्दा खेल पाँचौ सेटमा पुग्यो ।
पाँचौं सेटमा आयोजकले १५–१३ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको एपिएफले दुई लाख ८५ हजार पाँच सय ५५ रुपियाँमा चित्त बुझायो । माघ १२ गते सुरु भएको प्रतियोगितामा महिला/पुरुष दुवैतर्फ समान छ टोली सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: