सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीलाई नियमित गृहकार्य (होमवर्क) दिने र चेक गर्ने गरेमा पढाइको स्तर सुधार हुने बताएका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका –३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको ६० औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित हीरक जयन्ती समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताए । निजी विद्यालयमा पठनपाठनका विषयमा विद्यालय, शिक्षक र अभिभावकको अत्यधिक चिन्तन हुने गरे पनि सामुदायिक विद्यालयमा सबै पक्षले बेवास्ता गर्दा शिक्षाको स्तर माथि उठ्न नसकेको मुख्यमन्त्री सिंहको भनाइ छ ।
मुख्यमन्त्री सिंहले प्रत्येक सामुदायिक विद्यालयमा शिक्षकले नियमित गृहकार्य दिने र सो गृहकार्य विद्यार्थीले गरेर ल्याए–नल्याएको परीक्षण गरिदिए विद्यार्थीको पढाइ सुधार हुँदै जाने बताए । सचेत समाज, जागरुक अभिभावक र इमान्दार शिक्षक रहेको सामुदायिक विद्यालय पठनपाठनमा उदाहरणीय बन्दै गएको भन्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयको सुधारका लागि सबैपक्ष जिम्मेवार र चिन्तित हुनुपर्ने बताए ।
दरबन्दीअनुसार शिक्षक नहुँदा मधेशमा अझ बढी समस्या रहेको मुख्यमन्त्री सिंहको भनाइ छ । उनले शिक्षकलाई चार महिनामा नभइ महिनैपिच्छे तलब पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए । प्रदेश शिक्षाको कमजोर अवस्थालाई मध्यनजर गर्दै यो वर्षबाट दलित, मुस्लिम, जनजाति र जेहेन्दार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्तिको व्यवस्था गरेको मुख्यमन्त्री सिंहले बताए ।
विद्यालयको हीरक जयन्ती समारोहलाई सम्वोधन गर्दै ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्य, निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटा, पूर्व प्रतिनिधिसभा सदस्य प्रमोद साहलगायतले मुख्यमन्त्री सिंहलाई ईश्वरपुर नगरपालिकाको शिक्षा, कृषि, पयर्टनलगायतको क्षेत्रमा प्रदेश सरकारको तर्फबाट सहयोग गरिदिन अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: