रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ २०७३ सालमा सुरु गरिएको आयोजना अझै ६५ प्रतिशत मात्रै सम्पन्न भएको छ।
भन्सार, अध्यागमन तथा सुरक्षा निकायका लागि तीनवटा भवन निर्माण गर्न श्यामसुन्दर–रबिना जेभीले ५४ करोड रुपैयाँमा ठेक्का पाएको थियो। तर विभिन्न कारणले निर्माण कार्य पटक–पटक प्रभावित हुँदा आयोजना निर्धारित समयमा पूरा हुन सकेन।
सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख शशिन्द्र घिमिरेका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गर्न थप ६ देखि ८ महिनाको समय मागेको छ। अहिले कार्यालयले अन्तिमपटक म्याद थप्ने तयारी गरेको छ भने त्यसपछि पनि काम पूरा नभए ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।
उनका अनुसार निर्माण कम्पनीको ढिलासुस्ती, कामदार टिक्न नसक्नु, बाढी–पहिरोजस्ता प्राकृतिक विपद् तथा सुरुआती चरणमा परेको कानुनी विवादका कारण आयोजना प्रभावित भएको हो।
ठेक्का सम्झौतापछि अर्को निर्माण कम्पनीले सर्वोच्च अदालतमा रिट दायर गरेकाले करिब डेढ वर्ष काम सुरु हुन सकेको थिएन। २०७५ जेठमा सर्वोच्चले रिट खारेज गरेपछि मात्रै निर्माणले गति लिएको थियो।
एकीकृत भन्सार भवनमा भन्सार, अध्यागमन, सुरक्षा निकाय, क्वारेन्टाइन, जाँच चौकी, बैंकलगायतका सेवा एउटै परिसरबाट सञ्चालन गर्ने व्यवस्था हुनेछ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले गत शनिबार रसुवागढी नाका पुगेर निर्माण कार्यको निरीक्षण गर्दै कामदारको संख्या बढाएर निर्माण छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: