Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

नारदमुनि थुलुङ स्मृति गोल्ड कपमा झापा ११ फाइनलमा प्रवेश

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दसौँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो समिफाइनल खेलमा झापा ११ फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ ।

नारदमुनि थुलुङ स्मृति रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा एभरेष्ट फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ फुटबल क्लब झापा फाइनल प्रवेश गरेको हो । 

झापा ११ लाई जिताउन जर्सी नम्बरका ९ का प्रदिप बुढाथोकीले खेलको पहिलो हाफको ६ मिनेटमै गोल गरे ।  प्रदिपको सोही गोल निर्णायक हुँदा झापा ११ ले फाइनलका लागि स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दी म्याच पनि प्रदिप भएका थिए । 

अब २२ माघ हुने हुने फाइनल खेलमा उपाधिको लागि झापा ११ ले सलहेश फुटबल क्लब सिराहासँग भिड्ने छ । विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख २५ हजार पाउँदा म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईले बताए । 

यसैगरी, प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही पाँच हजार नगदसहित कप र मेडल प्रदान गरिनेछ । फाइनलमा पुगेका दुई टोलीसहित आठ टोली सहभागी रहेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलमानलाई मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव

बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेसले चुनाव भाँड्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् ...

उदयपुर एक्स्पो– २०८२ माघमा हुने

उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा जिल्लाको कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘उदयपुर...

पत्रकार महासंघ र प्रशासनबीच सहकार्यमा जोड

कपिलवस्तु । जिल्लामा प्रशासन कार्यालय र पत्रकार महासंघबिच सहकार्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आयोज...

नेपाल–भारतबीच सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

काठमाडौं । नेपाल र भारतबिच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (...

अन्तरनिर्वाचन क्षेत्र र विदेशबाट मतदानबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको सम्भाव्यता विषयमा सिंहदरबारमा विस्तृत छलफल...

तनहुँमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।...

बागलुङमा कागतीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चि...

निर्वाचन सुनिश्चिता गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुन...

तीन महिनामा प्रेस स्वतन्त्रता हनन्का ५९ घटना

काठमाडौं । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हनन्का ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्र...

हानिनोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान

काठमाडौं । ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३०) ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending