Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

ग्वार्को फ्लाइओभरका ठेकेदार सम्पर्क विहिन हुँदा कााम ठप्प

ठेक्का तोडेर कालोसूचीमा पठाउने सडक विभागको तयारी

खबरडबली संवाददाता

काठमाडौं । कोटेश्वर–कलंकी सडक खण्ड भएर ओहोरदोहोर गर्नेहरू ग्वार्कोमा ट्राफिक जाममा नपरेको दिन हुँदैन । साँझ–बिहान त यो सडक छिचोल्न हम्मेहम्मे पर्छ । जब ग्वार्कोमा फ्लाइओभर निर्माण थालियो, त्यो दिनबाट उक्त स्थान अस्तव्यस्त बनेको हो ।

२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी फ्लाइओभर निर्माणको काम थालिएको हो । तर अहिलेसम्म सकिएको छैन । एक महिनादेखि उक्त खण्डको निर्माण ठप्प छ । यसको कारण होः फ्लाइओभर निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कमा छैनन् ।

यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो । पछिल्लो एक महिनादेखि निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । बीचमा फाट्टफुट्ट काम भइरहे पनि गति नबढेको उनको भनाइ छ ।

‘फ्लाइओभरको काम ठप्प पारेर निर्माण व्यवसायी सम्पर्कविहीन बनेका छन्,’ उनले भने, ‘निर्माण व्यवसायीलाई दुई पटक ‘नोटिस टु करेक्ट’ पठाइसकेका छौं ।’ व्यवसायीले कुनै जानकारी नै नदिई काम छाडेको झाको भनाइ छ । ‘यस्तै भइरहे ठेक्का तोडेर कालोसूचीमा पठाउन सकिन्छ भनी ठेकेदारलाई सचेत गराइएको हो,’ उनले भने ।

यति बेला निर्माणस्थलमा कामदार देखिन्नन् । काम नगरे सडक विभागसँग छलफल गरेर कारबाहीको थप प्रक्रिया अगाडि बढाइने झाले जनाए । ‘हामीले गर्नुपर्ने काम गरेका छौं, हामीबाट केही समस्या छैन,’ उनले भने ।  आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा फ्लाइओभरको ठेक्का लिएको हो । संयुक्त ठेक्का भए पनि काम रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ ।

पटक–पटक म्याद थपेपनि फ्लाइओभ निरंमाणकाे काम अलपत्र

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो ।

आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले भने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशककैका कारण काम गर्ने वातावरण नभएको दाबी गरे । ‘यसअघिका आयोजना प्रमुखले गरेका काममा विश्वास नै नगरी अहिलेका प्रमुखले दोहोर्‍याएर काम लगाउने गर्नुभएको छ,’ उनले भने, ‘सबै परीक्षण भइसकेका कुरालाई पनि काममा ढिला गराउने नियत राखेर पटक–पटक परीक्षण गर्न लगाई दुःख दिने गरिएको छ, जसले गर्दा काम गर्ने वातावरण बनेन ।’

पटकैपिच्छे ससाना कुरामा नराम्रो देखाएर काम गर्न नदिइएको कार्कीको अरोप छ । ‘पहिला भइसकेको क्राफ्ट बेरियरको डिजाइन मान्य हुँदैन भन्दै निर्माणमा ढिला गराउने काम भइरहेको छ,’ उनले भने, ‘हाम्रा गुनासा, समस्या सुनिँदैन, सुरुमा धेरै कुरा पुरा नगरी निकालिएको लागत अनुमानअनुसार ठेक्का हाल्दा घाटा सहेर काम गरिरहेका छौं ।’

निर्देशक झा भने काम गर्ने कुरामा कुनै हस्ताक्षेप नगरेको दाबी गर्छन् । ‘केन्द्रले तोकेअनुसार त्यसको गुणस्तर जाँच गर्नैगर्छ,’ उनले भने, ‘हामीले नयाँ परीक्षण गर्न भनेका छैनौं, भएकै विषय मात्र परीक्षण गर्न भनेका हौं ।’

फ्लाइओभरमा अहिलेसम्म ४४ करोड खर्च भइसकेको प्रोजेक्ट म्यानेजर कार्कीले जनाए । ‘थप १५ करोड लाग्ने अनुमान छ,’ उनले भने । जरिवाना तिरेर भए पनि काम गर्न तयार भइरहेकै बेला ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नबन्दा समस्या भएको उनले बताए ।

फ्लाइओभरमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९ईपीसी० मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ ।

निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । जसले गर्दा पनि निर्माणमा ढिलाइ भएको व्यवसायीको दाबी छ । आयोजनाले दसैंअघि नै फ्लाइओभर सञ्चालनमा ल्याउने दाबी गरेको थियो ।

आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभर बन्नेछ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम थालिए पनि पुरा भएको छैन । र्‍याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको ४० मिटर र्‍याम्प भने झिकेर फेरि राख्नुपर्ने केन्द्रको भनाइ छ । निर्माण गरिसकेको काममा पनि समस्या आएको केन्द्रको भनाइ छ ।

याे पनि पढाैं :

मुलुककै पहिलो ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम कछुवाको गतिमा 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending