Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

ग्वार्को फ्लाइओभरका ठेकेदार सम्पर्क विहिन हुँदा कााम ठप्प

ठेक्का तोडेर कालोसूचीमा पठाउने सडक विभागको तयारी

खबरडबली संवाददाता

काठमाडौं । कोटेश्वर–कलंकी सडक खण्ड भएर ओहोरदोहोर गर्नेहरू ग्वार्कोमा ट्राफिक जाममा नपरेको दिन हुँदैन । साँझ–बिहान त यो सडक छिचोल्न हम्मेहम्मे पर्छ । जब ग्वार्कोमा फ्लाइओभर निर्माण थालियो, त्यो दिनबाट उक्त स्थान अस्तव्यस्त बनेको हो ।

२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी फ्लाइओभर निर्माणको काम थालिएको हो । तर अहिलेसम्म सकिएको छैन । एक महिनादेखि उक्त खण्डको निर्माण ठप्प छ । यसको कारण होः फ्लाइओभर निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कमा छैनन् ।

यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो । पछिल्लो एक महिनादेखि निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । बीचमा फाट्टफुट्ट काम भइरहे पनि गति नबढेको उनको भनाइ छ ।

‘फ्लाइओभरको काम ठप्प पारेर निर्माण व्यवसायी सम्पर्कविहीन बनेका छन्,’ उनले भने, ‘निर्माण व्यवसायीलाई दुई पटक ‘नोटिस टु करेक्ट’ पठाइसकेका छौं ।’ व्यवसायीले कुनै जानकारी नै नदिई काम छाडेको झाको भनाइ छ । ‘यस्तै भइरहे ठेक्का तोडेर कालोसूचीमा पठाउन सकिन्छ भनी ठेकेदारलाई सचेत गराइएको हो,’ उनले भने ।

यति बेला निर्माणस्थलमा कामदार देखिन्नन् । काम नगरे सडक विभागसँग छलफल गरेर कारबाहीको थप प्रक्रिया अगाडि बढाइने झाले जनाए । ‘हामीले गर्नुपर्ने काम गरेका छौं, हामीबाट केही समस्या छैन,’ उनले भने ।  आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा फ्लाइओभरको ठेक्का लिएको हो । संयुक्त ठेक्का भए पनि काम रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ ।

पटक–पटक म्याद थपेपनि फ्लाइओभ निरंमाणकाे काम अलपत्र

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो ।

आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले भने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशककैका कारण काम गर्ने वातावरण नभएको दाबी गरे । ‘यसअघिका आयोजना प्रमुखले गरेका काममा विश्वास नै नगरी अहिलेका प्रमुखले दोहोर्‍याएर काम लगाउने गर्नुभएको छ,’ उनले भने, ‘सबै परीक्षण भइसकेका कुरालाई पनि काममा ढिला गराउने नियत राखेर पटक–पटक परीक्षण गर्न लगाई दुःख दिने गरिएको छ, जसले गर्दा काम गर्ने वातावरण बनेन ।’

पटकैपिच्छे ससाना कुरामा नराम्रो देखाएर काम गर्न नदिइएको कार्कीको अरोप छ । ‘पहिला भइसकेको क्राफ्ट बेरियरको डिजाइन मान्य हुँदैन भन्दै निर्माणमा ढिला गराउने काम भइरहेको छ,’ उनले भने, ‘हाम्रा गुनासा, समस्या सुनिँदैन, सुरुमा धेरै कुरा पुरा नगरी निकालिएको लागत अनुमानअनुसार ठेक्का हाल्दा घाटा सहेर काम गरिरहेका छौं ।’

निर्देशक झा भने काम गर्ने कुरामा कुनै हस्ताक्षेप नगरेको दाबी गर्छन् । ‘केन्द्रले तोकेअनुसार त्यसको गुणस्तर जाँच गर्नैगर्छ,’ उनले भने, ‘हामीले नयाँ परीक्षण गर्न भनेका छैनौं, भएकै विषय मात्र परीक्षण गर्न भनेका हौं ।’

फ्लाइओभरमा अहिलेसम्म ४४ करोड खर्च भइसकेको प्रोजेक्ट म्यानेजर कार्कीले जनाए । ‘थप १५ करोड लाग्ने अनुमान छ,’ उनले भने । जरिवाना तिरेर भए पनि काम गर्न तयार भइरहेकै बेला ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नबन्दा समस्या भएको उनले बताए ।

फ्लाइओभरमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९ईपीसी० मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ ।

निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । जसले गर्दा पनि निर्माणमा ढिलाइ भएको व्यवसायीको दाबी छ । आयोजनाले दसैंअघि नै फ्लाइओभर सञ्चालनमा ल्याउने दाबी गरेको थियो ।

आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभर बन्नेछ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम थालिए पनि पुरा भएको छैन । र्‍याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको ४० मिटर र्‍याम्प भने झिकेर फेरि राख्नुपर्ने केन्द्रको भनाइ छ । निर्माण गरिसकेको काममा पनि समस्या आएको केन्द्रको भनाइ छ ।

याे पनि पढाैं :

मुलुककै पहिलो ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम कछुवाको गतिमा 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending