काठमाडौं।अखिल क्रान्तिकारीका अवकाशप्राप्त सचिवालय सदस्यहरूलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको छ । उपमहासचिव शक्ति बस्नेत नेतृत्वको तीन सदस्यीय कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको हा ।
उनीहरुले कार्यदलले तयार पारेको प्रतिवेदन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । माघ ८ गते बसेको कार्यदलको बैठकले सोपान अनुसार विद्यार्थीका रुचि र क्षमताअनुसार जिम्मेवारी दिनेगरी निर्णय गरेको इन्चार्ज तथा कार्यदल सदस्य हिमाल शर्माले जानकारी दिए ।
‘सोपान अनुसार विद्यार्थीको रुचि र क्षमता अनुसार पार्टीको जिम्मेवारी दिने गरी निर्णय गरेका थियौँ । सो प्रतिवेदन आज अध्यक्ष प्रचण्डलाई बुझायौँ । हामीले सिफारिस गरेका हौँ । अब पार्टीले निर्णय गर्छ’, शर्माले भने । अवकाशप्राप्त उपमहासचिवदेखि तलकालाई प्रदेश समिति, केन्द्रीय विभाग वा पार्टीका कुनै तहमा व्यवस्थापन गर्न सुझाव दिएको पनि उनले जानकारी दिए ।
पुस १३ गते अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्नेबारे भएको निर्वाचनमा खुला पक्षधर पराजित भएका थिए । उमेर हदका कारण झन्डै हजार जना विद्यार्थी नेताहरू बाहिरिएका थिए ।
पुरानो समितिमा १७९ जना पदाधिकारीमध्ये १३८ जना बाहिरिएका छन् । तीमध्ये अध्यक्ष पञ्चासिंह केन्द्रीय सदस्य छिन् । निवर्तमान उपाध्यक्ष र महासचिव गरी १८ जना उमेर हदका कारण बाहिरिएका थिए ।
अवकाश विद्यार्थीलाई व्यवस्थापन गर्नका लागि पुस २३ मा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले उपमहासचिव बस्नेतको नेतृत्वमा व्यवस्थापन कार्यदल गठन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: