काठमाडौँ । थाइल्यान्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हरायो । सिरिजमा थाइल्यान्डको यो लगातार तेस्रो जित हो ।
जितसँगै ६ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको चार खेलबाट चार अङ्क छ । तीन खेल खेलेको नेपालले अङ्कको खाता खोल्न सकेको छैन । नेपालले मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।
जितका लागि ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा सबै विकेटको क्षतिमा ६९ रनमा समेटिएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले २५ रन बनाए। आइरिस ज्वीलिङले १३ र क्यारोलिन डे लाङ्गेले १० रन बनाईन ।
बलिङमा थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र ओनिचा कामचोम्पुले तीन तीन विकेट लिईन। यस्तै चनिदा सुथिरुङले दुई तथा नटाया बुचथमले एक विकेट झारिने।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित १९।५ ओभरमा सबै विकेटको क्षतिमा ८६ रन बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाईन।
यस्तै फनिता मायाले १२ रन जोडिन । बलिङमा नेदरल्यान्ड्सकी आइरिस ज्वीलिङ, इभा लिन्च, सिल्भर सिजर्सले दुई दुई तथा इसाबेल वोनिङले एक विकेट लिईन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १२:५८
काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...
मंसिर २५ गते, २०८२ - १२:३०
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...
मंसिर २५ गते, २०८२ - ११:५६
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...
मंसिर २५ गते, २०८२ - ११:३५
हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...
मंसिर २५ गते, २०८२ - ११:२२
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा कार्यभार सम...
मंसिर २५ गते, २०८२ - ११:०७
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। प्रतिनिधिस...
मंसिर २५ गते, २०८२ - १०:५२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ...
मंसिर २५ गते, २०८२ - १०:४४
धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...
मंसिर २५ गते, २०८२ - १०:३४
रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...




प्रतिकृया लेख्नुहोस्: