इस्तानबुल । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्युत गरेपछि दोस्रो अन्तर्राष्ट्रिय भ्रमणका लागि मङ्गलबार टर्कीको भ्रमण गर्ने टर्कीएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले आइतबार साउदी अरबको भ्रमण गरी सिरियाको आफ्नो नेतृत्वलाई समर्थन र सहयोगका लागि कुटनीतिक पहल गरेका थिए । युद्धग्रस्त सिरियाले पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न र आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न धनी खाडी मुलुकहरूलाई खोजिरहेको छ ।
“सिरियाली अन्तरिम राष्ट्रपति अल–शारा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानको निमन्त्रणामा मङ्गलबार अङ्काराको भ्रमण गर्नुहुनेछ,” राष्ट्रपति कार्यालयका सञ्चार प्रमुख फहरेटिन अल्टुनले सोमबार एक्समाफैत् जानकारी दिए । शारासँग घनिष्ठ सम्बन्ध रहेको टर्कीएले सिरियामा आफ्नो कूटनीतिक नियोग पुनः खोलेको छ र आफ्ना गुप्तचर प्रमुख र विदेशमन्त्रीलाई नयाँ नेतासँग वार्ताका लागि पठाएको छ ।
टर्कीएको राजधानी अङ्कारास्थित राष्ट्रपति भवनमा एर्दोआन र अल–शाराबीच हुने भेटवार्ता सिरियामा आर्थिक पुनरुत्थान, दिगो स्थिरता र सुरक्षाका लागि चाल्नुपर्ने संयुक्त कदममा केन्द्रित हुने अल्तुनले बताए ।
“सिरियाले लामो समयदेखि सत्तामा रहेका बसर अल असदलाई सत्ताच्युत गरी ‘आफ्नो स्वतन्त्रता पुनः प्राप्त गरेपछि’ पुनः स्थापित भएको टर्कीए–सिरियासम्बन्ध थप मजबुत हुनेछ र यसले नयाँ आयाम प्राप्त गर्नेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: