म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीमा सहिद परिवारसँग भेटघाट गरेको छन । बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा मङ्गलबार बिहान सहिद परिवारसँग भेटघाट गरेको हो ।
जिल्लाका नेता तथा कार्यकर्तासहित बेनी नगरपालिका ४ ठूलोखोला, सिंगा र बेनीबजारमा रहेका सहिद परिवारका आफन्तहरुसँग अध्यक्ष प्रचण्डले भेटघाट गरेको हो । भेटका अवसरमा सहिदका सपना पूरा गर्न पार्टीले क्रान्तिलाई नछाडेको बताउँदै सहिद परिवारको दुःख र पीडामा पार्टीको साथ रहने बताए ।
अध्यक्ष प्रचण्डले सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिनुका साथै सहिदहरुको योगदानको पार्टीले उच्च मुल्याङ्कन गर्ने बताए।
उनले भने, ‘‘पार्टीलाई पुरानै अवस्थामा फर्काउन म अहिले अभियानले लिएर जनताको साथमा आएको छु । सरकार छाडेर जनताको साथमा आएपछि पार्टीप्रति उत्साह जागेको छ । २०८४ को निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा पु¥याउन यहाँहरुको साथ आवश्यक छ ।’’
सहिद परिवारका सदस्यहरुले अध्यक्ष प्रचण्डसँग पार्टीलाई बलियो बनाउन विभाजित भएका माओवादी शक्तिहरुलाई एकतामा ल्याउन सुझाव दिएका थिए ।
यसैगरी, अध्यक्ष प्रचण्डले सिंगास्थित तातोपानी कुण्डमा पुगेर कुण्डमा पुगेर स्थानीयवासीहरुसँग कुण्डमा पूर्वाधार विकास गरेर प्राकृतिक उपचार स्थलका रुपमा थप विकास गर्नुपर्ने विचार व्यक्त गरे।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिंगा र तातोपानीको विकास निर्माणलगायतका विषयमा जानकारी गराएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: