उदयपुर । उदयपुरको कटारी नगरपालिका– २ खोक्सामा माघ १ गतेदेखि २० गतेसम्म लागेको त्रिवेणी मेला सम्पन्न भएको छ । माघेसंक्रान्तिदेखि लागेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला झन्डै ५० करोडको कारोबार गर्दै सम्पन्न भएको हो ।
मेला व्यवस्थापनको जिम्मा पाएको चण्डिका सप्लायर्स ट्रेडर्सका प्रतिनिधि ठेकेदार सन्तबहादुर तामाङले २० दिन चलेको मेलामा अनुमानित ५० करोडको कारोबार भएको बताए । उनले भने, ‘कति कारोबार भयो भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन, मोटामोटी रूपमा हिसाब गर्दा यसपटक मेलाले ५० करोडको कारोबार गरेको अनुमान छ ।’
उनका अनुसार यसपटक मेलामा झन्डै २० देखि २३ लाख दर्शकले अवलोकन गरेका थिए । एक महिना लाग्ने मैनी मेलाको रूपमा परिचित त्रिवेणी मेला १० वर्षे सशस्त्र द्वन्द्वकालपछि १५ दिन लाग्दै आएको थियो । यसपटक मात्र मेला २० दिन लगाइएको हो ।
कटारी नगरपालिकाले चण्डिका सप्लायर्स ट्रेडर्सलाई मेला व्यवस्थापन गर्न १५ लाख ६१ हजारमा ठेक्का दिएको थियो । मेला सकिएपछि मेलाका सुरक्षाको जिम्मा लिएर बसेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी, सशस्त्र प्रहरी बेसक्याम्प, ट्राफिक पोस्ट कटारीअन्तर्गतको ट्राफिक प्रहरीको टोलीलाई जिल्ला समन्वय समिति उदयपुरका सदस्य विष्णु कटुवाल, कटारी नगरपालिकाका लेखा अधिकृत प्रयाग बुढा, नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका सचिवालय प्रमुख स्वकीय सचिव भानु गिरीलगायतले धन्यवाद व्यक्त गर्दै बिदाइ गरेका छन् ।
मेलामा यसपटक मकर नुहाउन कोशी, बागमती र मधेश प्रदेश तथा छिमेकी देश भारतबाट समेत तीर्थालुहरू त्रिवेणीधाम आइपुगेका थिए । कमला, तावा र ककरू खोलाको संगमस्थल त्रिवेणीमा मकर नुहाई भाकल गरेअनुसार पशुपक्षी बलि दिई पूजा–आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।
मेलामा तीन सयभन्दा बढी स्टल राखिएको थियो । ओखलढुंगा, खोटाङका राढीपाखी, किवी, इलामको दारको ठेकी, आसपासका जिल्लाका फलामका सामग्री, विभिन्न जातजातिहरूको खानाका परिकारहरू, भाँडावर्तन तथा लत्ताकपडाहरूलगायत स्थानीय उत्पादनहरूको स्टल रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ११ गते, २०८२ - २०:४१
काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्...
भाद्र ११ गते, २०८२ - २०:२८
काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिंघा बस्ने कृष्ण...
भाद्र ११ गते, २०८२ - २०:२५
वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य...
भाद्र ११ गते, २०८२ - २०:०९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलन...
भाद्र ११ गते, २०८२ - १९:३०
उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ । सन् २०२५ सालअघि नै ट्र्याक खुले...
भाद्र ११ गते, २०८२ - १८:५३
काठमाडौं । मुलुकभर हाल करिब ६०.५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरिबहादुर क...
भाद्र ११ गते, २०८२ - १८:५०
डेनमार्क । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्र...
भाद्र ११ गते, २०८२ - १८:४४
टोकियो । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समू...
भाद्र ११ गते, २०८२ - १८:४१
कोलम्बो । पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ...
भाद्र ११ गते, २०८२ - १८:३९
कोपनहेगन । डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट...
प्रतिकृया लेख्नुहोस्: