उदयपुर । उदयपुरको कटारी नगरपालिका– २ खोक्सामा माघ १ गतेदेखि २० गतेसम्म लागेको त्रिवेणी मेला सम्पन्न भएको छ । माघेसंक्रान्तिदेखि लागेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला झन्डै ५० करोडको कारोबार गर्दै सम्पन्न भएको हो ।
मेला व्यवस्थापनको जिम्मा पाएको चण्डिका सप्लायर्स ट्रेडर्सका प्रतिनिधि ठेकेदार सन्तबहादुर तामाङले २० दिन चलेको मेलामा अनुमानित ५० करोडको कारोबार भएको बताए । उनले भने, ‘कति कारोबार भयो भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन, मोटामोटी रूपमा हिसाब गर्दा यसपटक मेलाले ५० करोडको कारोबार गरेको अनुमान छ ।’
उनका अनुसार यसपटक मेलामा झन्डै २० देखि २३ लाख दर्शकले अवलोकन गरेका थिए । एक महिना लाग्ने मैनी मेलाको रूपमा परिचित त्रिवेणी मेला १० वर्षे सशस्त्र द्वन्द्वकालपछि १५ दिन लाग्दै आएको थियो । यसपटक मात्र मेला २० दिन लगाइएको हो ।
कटारी नगरपालिकाले चण्डिका सप्लायर्स ट्रेडर्सलाई मेला व्यवस्थापन गर्न १५ लाख ६१ हजारमा ठेक्का दिएको थियो । मेला सकिएपछि मेलाका सुरक्षाको जिम्मा लिएर बसेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी, सशस्त्र प्रहरी बेसक्याम्प, ट्राफिक पोस्ट कटारीअन्तर्गतको ट्राफिक प्रहरीको टोलीलाई जिल्ला समन्वय समिति उदयपुरका सदस्य विष्णु कटुवाल, कटारी नगरपालिकाका लेखा अधिकृत प्रयाग बुढा, नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका सचिवालय प्रमुख स्वकीय सचिव भानु गिरीलगायतले धन्यवाद व्यक्त गर्दै बिदाइ गरेका छन् ।
मेलामा यसपटक मकर नुहाउन कोशी, बागमती र मधेश प्रदेश तथा छिमेकी देश भारतबाट समेत तीर्थालुहरू त्रिवेणीधाम आइपुगेका थिए । कमला, तावा र ककरू खोलाको संगमस्थल त्रिवेणीमा मकर नुहाई भाकल गरेअनुसार पशुपक्षी बलि दिई पूजा–आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।
मेलामा तीन सयभन्दा बढी स्टल राखिएको थियो । ओखलढुंगा, खोटाङका राढीपाखी, किवी, इलामको दारको ठेकी, आसपासका जिल्लाका फलामका सामग्री, विभिन्न जातजातिहरूको खानाका परिकारहरू, भाँडावर्तन तथा लत्ताकपडाहरूलगायत स्थानीय उत्पादनहरूको स्टल रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: