सुनसरी । साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशलामा मङ्गलबार भएको क्वार्टरफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो ।
एनआरटीले अब फाइनल यात्राका लागि पाहुना टोली भारतको युनाइटेड कर्साङ (युकेएफसी)को सामना गर्नेछ । खेलको पहिलो हाफ दुबै टिमले गोलरहित बराबरी खेलेको थियो । एनआरटीका लागि ४८ औँ मिनेटमा शिशिर लेखीले टिमका लागि पहिलो गोल गरेका थिए । उनले विदेशी खेलाडी रोबर्ट कोबिनाको पासमा गोल गरेका गरेका थिए ।
यस्तै, खेलको ६०औँ मिनेटमा सरोज घिसिङ र ८०औँ मिनेटमा रोहन खड्गीले गोल गर्दै एनआरटीका लागि सहज जित निकालेको हो । झापाका लागि सात्वना गोल ६२औँ मिनेटमा रोबेर्ट खोङजोले फर्काए ।
खेलको म्यान अफदि म्याच एनआरटीका शिशिर लेखी घोषित भए । उनले ट्रफि र नगद १० हजार रुपियाँ प्राप्त गरे । बुधबारको पहिलो सेमिफाइन खेल भुटानको आरटिसी फुटबल क्लब र चर्च ब्याइज युनाइटेडबिच हुनेछ ।
माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८१ - २०:५६
काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा वि...
माघ २५ गते, २०८१ - २०:४८
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।...
माघ २५ गते, २०८१ - २०:२१
काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी ल...
माघ २५ गते, २०८१ - २०:१६
गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक...
माघ २५ गते, २०८१ - २०:००
काठमाडाैं । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ...
माघ २५ गते, २०८१ - १९:५३
चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...
माघ २५ गते, २०८१ - १९:४९
चितवन । भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापाल...
माघ २५ गते, २०८१ - १९:४४
खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैस...
माघ २५ गते, २०८१ - १९:४०
दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै ...
माघ २५ गते, २०८१ - १९:३४
नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नव...
प्रतिकृया लेख्नुहोस्: