काठमाडौँ । ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् । विसं २०८० मङ्सिरमा कैद भुक्तान गरी छुटेका रौटहतको माधवनारायण गाउँपालिका–२ का २१ वर्षीय सुभम साह अभौतिक मुद्रा तथा अनलाइन ठगीमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन् ।
निजले विभिन्न ‘डिजिटल वालेट’को कर्मचारी भएको र ‘वालेट आइटी’ बैङ्क खातासँग ‘लिङ्कअप’ तथा नवीकरण, ग्राहक पहिचान फारम अद्यावधिकलगायत कार्य गरिदिन्छु भन्दै सर्वसाधारणको वालेटमा अनधिकृत पहुँच पु¥याइ रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनले अनलाइन ठगी गरेको रकम ‘टेलिग्राम’मा विभिन्न व्यक्तिमार्फत ‘क्रिप्टो करेन्सी’ साट्न प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेका ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा साह विभिन्न चारवटा अनलाइन ठगी मुद्दामा फरार रहेको पाइएको छ । प्रहरीले उनका साथबाट ‘मोबाइल’ दुई थान, नेपाली र भारतीय ‘सिमकार्ड’ १६ थान र सवारीधनी पुर्जा एक थान बरामद गरेको छ ।
‘खाता विवरण शेयर नगरौँ’
यसैबीच, ब्यूरोले अनलाइन ठगी हुनबाट बच्न आफ्नो वालेट तथा बैङ्क खाताको विवरण र प्राप्त ‘ओटिपी पासवर्ड’ कसैसँग पनि ‘शेयर’ नगर्न आग्रह गरेको छ । अनलाइन ठगीका घटना बढोत्तरी भएसँगै ब्यूरोले अपरिचित व्यक्तिबाट आएको ‘फोन’ तथा लिङ्क विश्वासमा परी ‘क्लिक’ नगर्न र आफ्नो विवरण शेयर नगर्न आग्रह गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: