सुलीकोट । गोरखामा वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ धाबास्थित काशीखोलाका ७७ वर्षीय चुडाँमणि काप्रीको भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नबिन गिरीले जानकारी दिए।
आइतबार घरबाट वृद्धभत्ता बुझन निस्किएका काप्री घर नफिकएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेको उहाँले बताउनुभयो ।
भिमसेन थापा गाउँपालिकाको मुख्य बजार घ्याम्पेशाल रहेको बैंकमा वृद्धाभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर २ को बगुवा खेत जाने बाटोमा पर्ने सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाले जनाएको छ ।
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । वृद्धा भत्ता बुझेर घर नफर्किएपछि आफन्तले सोहि दिनदेखि प्रहरी र स्थानियको सहयोगमा खोजतलास गर्दा समेत भेटिएको थिएन ।
स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा आज ७ बजे शव फेला परेको हो । शव फेला पारेपछि घटनास्थलमा प्रहरी टोलीले शवको मुचुल्का बनाएर अन्त्यष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १७:२०
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजका लागि साधारण तारे...
माघ २९ गते, २०८२ - १७:०१
बर्दिबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भए...
माघ २९ गते, २०८२ - १६:५७
दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएको छन् । जेनजी आन्दोलनपछि विकल...
माघ २९ गते, २०८२ - १६:४६
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ...
माघ २९ गते, २०८२ - १६:३७
काठमाडौँ। अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिह...
माघ २९ गते, २०८२ - १६:२५
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छ...
माघ २९ गते, २०८२ - १६:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै...
माघ २९ गते, २०८२ - १६:१०
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुवाती समयमा बढेको बजार अन्त्यमा ०.०४...
माघ २९ गते, २०८२ - १५:५८
काठमाडौं। राष्ट्रिय सभाले चलचित्र सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। बुधबार बसेको सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्...
माघ २९ गते, २०८२ - १५:४३
टोरन्टो । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गो...



प्रतिकृया लेख्नुहोस्: