सुलीकोट । गोरखामा वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ धाबास्थित काशीखोलाका ७७ वर्षीय चुडाँमणि काप्रीको भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नबिन गिरीले जानकारी दिए।
आइतबार घरबाट वृद्धभत्ता बुझन निस्किएका काप्री घर नफिकएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेको उहाँले बताउनुभयो ।
भिमसेन थापा गाउँपालिकाको मुख्य बजार घ्याम्पेशाल रहेको बैंकमा वृद्धाभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर २ को बगुवा खेत जाने बाटोमा पर्ने सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाले जनाएको छ ।
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । वृद्धा भत्ता बुझेर घर नफर्किएपछि आफन्तले सोहि दिनदेखि प्रहरी र स्थानियको सहयोगमा खोजतलास गर्दा समेत भेटिएको थिएन ।
स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा आज ७ बजे शव फेला परेको हो । शव फेला पारेपछि घटनास्थलमा प्रहरी टोलीले शवको मुचुल्का बनाएर अन्त्यष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १४:२५
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...
पौष ३ गते, २०८२ - १४:०७
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...
पौष ३ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...
पौष ३ गते, २०८२ - १३:४६
काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:४२
काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:३५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित ...
पौष ३ गते, २०८२ - १३:०४
कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...
पौष ३ गते, २०८२ - १२:५७
बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...
पौष ३ गते, २०८२ - १२:४९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...
पौष ३ गते, २०८२ - १२:३९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...




प्रतिकृया लेख्नुहोस्: