सुलीकोट । गोरखाको मिरकोटमा चितुवाको माउ र बच्चा मृत अवस्थामा भेटिएका छन् । पालुङटार नगरपालिका–१० मिरकोटस्थित माथिल्लो खड्का गाउँमा आज बिहान ७ बजेको समयमा मृत अवस्थामा चितुवाको माउ र बच्चा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले जानकारी दिए।
स्थानीयवासी र प्रहरीले डिभिजन कार्यालय गोरखामा जानकारी गराएपछि डिभिजन कार्यालय गोरखाको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा करिब चार–पाँच वर्ष पुगेको जस्तो देखिने वस्यक पोथी चितुवा मिरकोटको माथिल्लो खड्का गाउँमा भेटिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
ूमाउसँगै दुई वटा पोथी बच्चाहरू पनि फेला परेका छन्, जसमध्ये एउटा मृत अवस्थामा फेला परेको छ भने अर्को बच्चा जिवितै छू, कार्यालय प्रमुख शाण्डिल्यले भने, ूबच्चा चाँहि माउले च्यापेर मरेको हुन सक्छ, माउ चितुवाको मृत्युको कारणबारे खुलेको छैन ।ू
मृतक चितुवा र बच्चालाई मुचुल्का उठाएर डिभिजन वन कार्यालय गोरखामा ल्याइएको उनले बताए। मृत अवस्थामा रहेको चितुवालाई कार्यालयले दुरुपयोग नहुने गरी सुरिक्षत ठाउँमा व्यवस्थापन गरिएको छ भने जिउँदो चितुवाको बच्चालाई कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्र पठाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
मृत चितुवाको टाउकोदेखि पुच्छरसम्मको ५ फिट २ इन्च लम्बाई ३५ किलो तौल रहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । मृत अवस्थामा फेला पारेको चितुवा अन्य जङ्गली जन्तुसँग झगडा गरी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...


प्रतिकृया लेख्नुहोस्: