काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतनावी दिएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसद्मै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौँ । तपाईँहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । शहीदका सपना र संकल्पतिर फर्किसक्यौं,’ अध्यक्ष प्रचण्डले भने ‘तपाईहरुका संगतले थोरै मैलिएका थियौँ, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं ।’ सत्तारुढ दलहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र रु भन्ने प्रश्न गर्दै उनले अब बिपक्षीको डरले एकअर्काका कुर्सी मिलाउन नलाग्न पनि आग्रह गरे ।
‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ’, उनले भने– ‘हामी सरकार बनाउनेछौं तर आफ्नै सामथ्र्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १०:४७
प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...
बैशाख ४ गते, २०८३ - १०:४५
काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...
बैशाख ४ गते, २०८३ - १०:३६
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...
बैशाख ४ गते, २०८३ - १०:१०
धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...
बैशाख ४ गते, २०८३ - ०९:४५
काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...
बैशाख ४ गते, २०८३ - ०९:४०
काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...
बैशाख ४ गते, २०८३ - ०९:३८
धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...
बैशाख ४ गते, २०८३ - ०९:१४
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...
बैशाख ४ गते, २०८३ - ०९:०९
धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...
बैशाख ४ गते, २०८३ - ०९:०१
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...


प्रतिकृया लेख्नुहोस्: