Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का, आर्थिक काराेबार ठप्प

खबरडबली संवाददाता

उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का भएका छन् । रौता सप्लायर्सलगायतले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैंक खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ८ माघमा सबै खाता रोक्का गर्न अदालतले आदेश दिएको हो । 

रौता सप्लायर्सका सञ्चालक सुवास राउतलगायतका सञ्चालकले दिएको मुद्दाउपर जिल्ला अदालतले बैंक खाता रोक्का गर्ने निर्णय गरेसँगै सम्पूर्ण खाता रोक्का भएको उद्योगका लेखा अधिकृत सञ्जीव रेग्मीले जानकारी दिए । उनले भने, ‘सरकारी तथा निजी बैंकहरूमा भएका १८ वटा खाता रोक्का भएपछि आर्थिक कारोबार ठप्प भएको छ ।’ राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायतका बैंक उद्योगका खाता रहेका थिए ।

उद्योगका निमित्त महाप्रबन्धक महेश साहले रौता सप्लायर्सको मात्र उद्योगले गर्नुपर्ने भुक्तानी ९५ लाख रहेको बताए । सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग पैसा नभएकाले भुक्तानी नदिएको उनको भनाइ छ । उनले भने, ‘काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्छ ।’ 

अहिले चालू, पुँजीगत र बचत खाता सबै रोकिएका छन् । संघीय सरकारले दिएको १६ करोडबाट उद्योगमा मर्मत–सम्भारको काम भइरहेको थियो । मर्मत–सम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि समस्या परेको उनको भनाइ छ ।

चालू आर्थिक वर्ष ०८१/८२ को हालसम्म उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला किन्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द हुँदै आएको छ ।’ 

उद्योग बन्द भएपछि घाटा बढिरहेको छ । उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ । असोजदेखि माघसम्म पाँच महिना कर्मचारी तलबविहीन भएको निमित्त महाप्रबन्धक साह बताउँछन् । उनले भने, ‘उद्योगमा दुई सय २० जना कर्मचारी र ५९ जना सुरक्षाकर्मीले हालसम्म तलब पाउन सकेका छैनन् ।’ जुन तलब–भत्ताबापत उद्योगले भुक्तानी गर्नुपर्ने रकम मासिक एक करोड ५० लाख हुन्छ ।  

उद्योगले भुक्तानी गर्नुपर्ने दायित्व एक अर्ब ५० करोड रहेको उनले बताए । उनले भने, ‘मुख्य दायित्वमा उद्योगबाट अवकाश पाएका ९५ जनाको ४५ करोड, आपूर्ति तथा सप्लायर्सकर्ताको भुक्तानी ६५ करोड, विद्युत् प्राधिकरणको ३० करोड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको १५ करोड, खानी रोयल्टी, अन्तःशुल्क र ठूला करदातालाई तिर्नुपर्ने भ्याट १५ करोड रहेको छ । यसबाहेक डेडिकेटेड फिडर र ट्रंक लाइनकै पुरानो विद्युत् बक्यौता ५५ करोडभन्दा माथि पुगिसकेको साहको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE