Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो: रेखा थापा

खबरडबली संवाददाता

काठमाडौं । नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन् । शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा हिजोका हिरो, आजका हिरो सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

'पर्दामा देखिनु मात्र हिरोइजम होइन । हिरोले समाजमा आशा लेखाउँछ । हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्‍यो भन्ने पनि हेरिनुपर्छ,' उनले भनिन् । हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन् ।

उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाएको बताएकी छन् । नायिका थापाले अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन् । 'पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो । अहिले परिभाषा बदलिएको छ । अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो । अब हिरो हिरोइन विस्तापित भएको जस्तो लाग्छ,' उनले भनिन् ।

पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनले बताइन् । भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् । थापाले पछिल्लो समय नेपाली फिल्म हेर्ने पुस्ता घट्दै गएको बताइन् । उनले नेपाली फिल्मलाई माया गर्न आग्रहसमेत गरेकी छन् । उनले नयाँ पुस्तालाई संरक्षण गर्न आग्रहसमेत गरेकी छन् ।

यस्तै नायक नाजिर हुसेनले सामान्य मान्छेमा सहयोगी भाव भए समाजका लागि त्यो नै हिरो हुने बताएका छन् । 'बाटो काट्दै गरेकी वृद्ध आमालाई बाटो काट्न सघाउने मानिस नै उनका लागि हिरो हो । त्यसैले कलाकारले पनि समाजिक क्षेत्रमा काम गर्नुपर्ने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending