काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा परिणत भयो। घटनामा एक जनाको मृत्यु, दर्जनौँ घाइते र ठूलो सुरक्षा चुनौती सिर्जना भएपछि राज्य संयन्त्रको तयारी र भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
प्रारम्भिक जानकारीअनुसार बोलबम यात्राका लागि शिव मन्दिरबाट कोशी ब्यारेजतर्फ निस्किएको समूहले ठूलो आवाजमा डिजे बजाउँदै अघि बढिरहेको थियो। कप्तानगञ्ज चोक नजिक पुग्दा त्यसको विरोध भएपछि दुई समुदायबीच भनाभन र धकेलाधकेल सुरु भएको थियो।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी कप्तानगञ्जबाट प्रहरी टोली पुगे पनि केहीबेरमै दुवै पक्षका थप मानिस भेला हुन थाले। ढुङ्गा, लाठी, बाँस र चिर्पट बोकेर भिड बढेपछि थप सुरक्षा मागिएको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरी निरीक्षक राकेश राई नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले आत्मरक्षाका लागि तीन राउन्ड हवाई फायर गरेको दाबी गरेको छ भने त्यसलगत्तै सशस्त्र प्रहरीले पनि करिब २०–२२ राउन्ड हवाई फायर गरेको सुरक्षा स्रोतले जनाएको छ।
झडपका क्रममा देवानगञ्ज–३ का ३० वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भयो भने अन्य दुई जना घाइते भए। उनको शरीरमा लागेको गोली नेपाल प्रहरी वा सशस्त्र प्रहरीमध्ये कसको थियो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
घटनामा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना प्रहरी पनि घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीयबाट ढुङ्गा र चिर्पट प्रहार भएपछि अवस्था नियन्त्रणबाहिर गएको थियो।
घटनापछि सुरक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै प्रश्न उठ्न थालेको छ। सुरक्षा विज्ञहरूका अनुसार तराई क्षेत्रमा धार्मिक पर्वका बेला यस्ता संवेदनशील अवस्था उत्पन्न हुन सक्ने पूर्वसूचना भए पनि स्थानीय सुरक्षा संयन्त्रले पर्याप्त तयारी गर्न सकेन। धार्मिक कार्यक्रमका क्रममा ठूलो आवाजमा डिजे प्रयोग नियन्त्रण गरिएको भए स्थिति यति जटिल नबन्ने उनीहरूको भनाइ छ।
घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतसमेत रहेका छन्। टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
यसैबीच, स्थानीयले इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। नयाँ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मृतकका परिवार र स्थानीयसँग भेटघाट गर्दै अवस्था सामान्य बनाउने प्रयास गरिरहेका छन्।
घटनापछि देवानगञ्जसहित प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। सुरक्षाकर्मीको उपस्थिति बढाइए पनि केही भित्री बस्तीमा पुग्न कठिनाइ भएपछि निगरानीका लागि काठमाडौंबाट ड्रोनसमेत परिचालन गरिएको छ। प्रहरीका अनुसार ड्रोनमार्फत संवेदनशील क्षेत्रको निगरानी बढाइएको छ।
सुरक्षा व्यवस्था कडा पारिए पनि प्रभावित क्षेत्रमा तनाव पूर्ण रूपमा साम्य भइसकेको छैन। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: